Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने स्कन्दमाताको पूजाराधना शिव अधिकारी “अविरल”ले तारकेश्वरका १० वटा क्लबलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान गर्ने

अनेरास्ववियुको एकता अन्तिम चरणमा

बिहीवार, २९ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ । अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ । केही दिनअघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सबै जिल्ला, विश्वविद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र जारी गरी एकता प्रक्रिया टुङ्गोमा पु¥याउन निर्देशन दिनुभएको थियो । अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरी परिपत्र जारी गरिसकेको र सोही परिपत्रानुसार अहिले एकताको काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसै साता जिल्ला कमिटीलाई पूर्णता पाउने छ । यसअघि जिल्ला कमिटीका संयोजक र सहसंंयोजक तोकेर पठाइसकेको छ । अखिलले ५१ देखि ६१ जनासम्मको जिल्ला कमिटी बनाउने निर्देशन दिएको छ । संयोजक महरले परिपत्रअनुसार काम नगर्ने र समानान्तर कमिटी बनाउने केन्द्रीय कमिटी सदस्यलाई कारवाही गरिने बताउनुभयो । पार्टी एकता भएसँगै नेकपाको पार्टी एकता अझै टुंग्गिएको छैन । यसअघि राष्ट्रिय युवा सङ्घले मात्र जिल्ला र स्थानीय तहको एकता टुग्गाइसकेको छ । उहाँले जिल्ला, स्थानीय तह र क्याम्पस कमिटी टुङ्गिएपछि प्रदेश, विश्वविद्यालय, केन्द्रीय कमिटीको बाँडफाँड र कार्यविभाजन टुङ्ग्याइने बताउनुभयो । अखिलमा अहिले ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू