Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

प्रहरीद्वारा १६ फरार प्रतिवादी पक्राउ

शुक्रबार, २३ असोज २०७७, सगरमाथा पोष्ट.
कर्णाली, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र यहाँका १० जिल्ला प्रहरी कार्यालयहरुको संयुक्त पहलमा अदालतको फैसला कार्यान्वयन अभियान तीव्ररुपमा अगाडि बढाइएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा यो चार दिनभित्र १६ फरार प्रतिवादी पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट लागुऔषध, चोरीका तीन÷तीन, वन मुद्दाका दुई, कर्तव्य ज्यान र नागरिकता कीर्ते मुद्दाका एक÷एक जना गरी १० फरार प्रतिवादीलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । त्यसैगरी जिप्रका जुम्लाबाट लागुऔषध, लुटपाट र चौपाय चोरीका एक÷एक र डोल्पाबाट केही सार्वजनिक अपराध, कालीकोटबाट चोरी र जिप्रका दैलेखबाट अंश दर्ता मुद्दाका एक÷एक गरी छ फरार पक्राउ परेको प्रवक्ता बाँस्तोलाले बताउनुभयो । पक्राउ परेका सबै प्रतिवादीलाई सम्बन्धित जिल्लाका जिल्ला अदालतसमक्ष पेश गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । तीन फरार प्रतिवादी पक्राउ दमौली– जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा सजाय पाएका तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका दुई र कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा स्याङ्जाको आँधीखोला गाउँपालिका–२ स्थायी घर भई तनहुँको भानु नगरपालिका–१ पुल्चोक बस्ने अविनास बस्याल डेढ वर्षपछि पक्राउ परेका छन् । बस्याललाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते सात महिना कैद सजाय तोकेको थियो । सवारी ज्यान मुद्दामै फरार रहेका बन्दीपुर गाउँपालिका–१ रिमाल्नी बस्ने सुजन खड्गी पक्राउ परेका छन् । खड्गीलाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते रु दुई हजार जरिवानाको फैसला गरेको थियो । कर्तव्य ज्यान मुद्दामा भानु नगरपालिका–४ बस्ने बेदबहादुर कँडेल पक्राउ परेका छन् । निजलाई जिल्ला अदालतले विसं २०७३ असोज १० गते रु ५०० जरिवानाको फैसला गरेको थियो । फरार तीन जनालाई नै सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजीका लागि प्रहरीले अभियान सञ्चालन गरिरहेको छ । ५५० गाँजाका बोट नष्ट प्रहरीले ५५० गाँजाका बोट नष्ट गरेको छ । देवघाट गाउँपालिका र भीमाद नगरपालिकाका विभिन्न ठाउँमा पाँच रोपनी जग्गामा उम्रिएको गाँजाका बोट प्रहरीले नष्ट गरेको हो । देवघाट गाउँपालिका–२ लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागुऔषध गाँजाखेती रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले चार रोपनी जग्गामा प्राकृतिकरूपमा फैलिएको ४५० गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । त्यस्तै भीमाद नगरपालिका–१ गोरडाँडा र आसपासका क्षेत्रमा एक रोपनी जग्गामा फैलिएको १०० गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू