Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्तः पसल नखोलिदिन गोदावरी नगरपालिकाको आग्रह

मंगलवार, २० असोज २०७७, सगरमाथा पोष्ट.
ललितपुर, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । नगर प्रमुख श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भएपछि ग्वार्काेको किष्ट मेडिकल कलेजमा भर्ना भएर उपचार गराइ रहनु भएको थियो । “हिजो मेरो कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ”, मेडिकल कलेजबाट घरजाने तयारीमा रहनुभएका प्रमुख श्रेष्ठले भन्नुभयो, “चिकित्सकले आवश्यक औषधि लेखेर एक हप्ता होम आइसोलेसनमा बस्न सुझाव दिनुभएको छ । त्यसपछि पनि चिकित्सकसँग छलफल गरेर मात्र घरबाहिर निस्कनेछु ।” अब केही दिन आफूले घरबाटै नगरपालिकाका सम्पूर्ण काम सञ्चालन गर्ने उहाँले बताउनुभयो । गत भदौ ३० गते प्रमुख श्रेष्ठ र उहाँकी श्रीमती अञ्जिका श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँकी श्रीमती अञ्जिका श्रेष्ठलाई यही असोज १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेभिट आएको थियो । यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज ९ गतेदेखि बखुन्डोलस्थित निजी निवासमा आइसोलेसनमा रहनुभएका उहाँ अहिले सानेपास्थित स्टार अस्पतालमा भर्ना हुनुभएको छ । असोज १६ गते छातीमा केही समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको प्रमुख महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पताल भर्ना भएतापनि नगरप्रमुखको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।” त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी श्रमती गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दुबै जना यही असोज नौ गतेदेखि होम आइसोलेसनमा रहनुभएको छ । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो । पसल नखोलिदिन अनुरोध गोदावरी नगरपालिका–५ ले काभ्रे र मनकामनाका सम्पूर्ण पसलहरु नखोलिदिन व्यापारीलाई अनुरोध गरेको छ । कोभिड–१९ महामारीका कारण हिजो मात्र सो वडाका ६२ वर्षीय पुरुषको मृत्युभएसँगै वडाले उक्त आग्रह गरेको हो । मृतकको पत्नीमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएर हाल उहाँ होम आइसोलेसनमा बसिरहनुभएको वडाध्यक्ष मिलन सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एक चरणमा कन्ट्याक ट्रेसिङको काम सकेर भोलीबाट पुनःअर्काे चरणमा ट्रेसिङ् शुरु गर्ने भएका छाँै । त्यसैले अत्यावश्यक बाहेक सेवा बाहेक अन्य सेवा आजबाट आउँदो शुक्रबारसम्मका लागि बन्द गरिएको छ ।” गोदावरीमा आजमात्र चार महिला र छ पुरुष गरी कूल १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म गोदावरीमा कोरोना सङ्क्रमितको सङ्ख्या २०३ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ५७, विभिन्न अस्पतालमा उपचार भइरहेका पाँच, बडिखेल आइसोलेसमा ६ जना रहेका छन् । उपचारपछि निको हुनेको सङ्ख्या १३२ जना रहेका छन् चने कोरोना सङ्क्रमणबाट अहिलेसमम तीन जनाको मृत्यु भएको नगरपालिककाले जनाएको छ । कोरोना सङ्क्रमण बढेसँगै भूमि सुधार तथा मालपोत कार्यालय ललितपुर आजदेखि पाँच दिनका लागि बन्द भएको छ । कार्यालयको अग्रपङ्तीमा रहेर सेवा दिने केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू