Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

उपत्यका प्रहरीको कार्य सम्पादन सम्झौता

मंगलवार, २० असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँग मातहतका प्रहरी कार्यालयले हिजो   कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । काठमाडौँमा आज आयोजत एक समारोहमा कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलसँग मातहतका प्रहरी कार्यालय प्रमुखले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर गर्नेमा महानगरीय विमानस्थाल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल शाह, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा रहनुभएको छ । यस्तै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली र प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले समेत सम्झौतामा हस्ताक्षर गर्नुभयो । आजै भक्तपुर प्रहरी परिसरले समेत कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट महानगरीय प्रहरी कार्यालयले गरेको सम्झौता र उपत्यकाको कार्यशैली अनुसार नै कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको जानकारी दिनुभयो । उहाँले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा उपत्यकाको शान्ति सुरक्षामा गर्व गर्न लायक काम भएको भन्दै सम्बन्धित कार्यालयका प्रमुखको प्रशंसासमेत गर्नुभयो । प्रहरी नायव महानिरीक्षक पोखरेलले आजको सम्झौताले महानगरीय प्रहरीलाई पद्धतिगत रुपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले सधैँजसो नागरिकको चासो र सरोकारका विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो । “सम्झौता एउटा मार्गनिर्दश हो, के उपलब्धि खोज्ने, कस्ता कामलाई प्राथमिकता दिने भन्ने कुरा यसले निक्र्याेल गर्छ”, उहाँले भन्नुभयो, “यो समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने आधार पनि हो ।” प्रहरीको आचरण, व्यवहार, व्यवसायिकता र पारदर्शीता, फरार प्रतिबादी पक्राउलगायत विषयमा आपसमा प्रतिस्पर्धी भएर लाग्न समेत उहाँले मातहतका कार्यालयलाई निर्देशन दिनुभयो । उहाँले नराम्रो गर्नेलाई कारवाही र राम्रो गर्नेलाई पुरस्कृत गरेर प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ परिचालन गर्न समेत आग्रह गर्नुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू