Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ चन्द समूहका कार्यालय सचिव पक्राउ निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्रीको आग्रह कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार

महिला सशक्तिकरणका लागि लाग्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

शुक्रबार, १६ असोज २०७७, सगरमाथा पोष्ट.
 (रासस÷सिन्ह्वा) : महिला सशक्तिकरणका लागि लाग्न संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले महिला सशक्तिकरणका लागि लाग्न आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रसंघीय एक महिला सम्मेलनमा सम्बोधन गर्दै महिला सशक्तिकरणका साथै उनीहरुको नेतृत्वको विकासका लागि लाग्न आग्रह गर्नुभएको हो । उहाँले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई भन्नुभयो– यो समयमा महिलाको नेतृत्व विकास गर्ने र उनीहरुलाई नेतृत्वमा पु¥याउनका लागि प्रतिबद्धता गर्ने समय हो, यस पक्षमा सबै सदस्य राष्ट्रहरु लाग्नु आवश्यक पनि छ । उहाँले सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको विश्व महिला सम्मेलनका क्रममा गरिएका प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने पनि सो सम्बोधनका क्रममा बताउनुभएको छ । महासचिव गुटर्रेसले भन्नुभयो– यो शक्तिको पनि कुरा हुन्छ र कुनै पनि देशले महिलालाई सत्तामा पनि पुरुष सरह नै बराबर प्रतिनिधित्व गराउनुपर्ने हुन्छ । विश्व महिला सम्मेलनको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजना गरिएको एक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।महामसचिव गुटर्रेसले महिलाको अधिकारको मुद्धा यो एक मानवअधिकारको पनि मुद्धा भएको धारणा राख्दै सो कुरा बताउनुभएको हो । उहाँले महिलालाई राज्य सत्ताका हरेक पदहरुमा पुरुष सरह नै प्रतिनिधित्व गराउने र अधिकार दिलाउने काममा अब लाग्नुपर्ने धारणा राख्नुभयो । चौथो विश्व महिला सम्मेलन संयुक्त राष्ट्रसंघले नै चीनको राजधानी बेइजिङमा आयोजना गरेको थियो । त्यस सम्मेलनका क्रममा महिला अधिकार र राज्यका नीति निर्माणका तहहरुमा महिलाको पनि बराबर प्रतिनिधित्व गराउने विषयमा विश्वका देशहरुले प्रतिबद्धता व्यक्त गरेका थिए । महासचिव गुटर्रेसले बिहीबार सोही प्रतिबद्धता पूरा गर्नका लागि विश्वका देशहरु लाग्नुपर्नेमा जोड दिनुभएको थियो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू