Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’ छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

बेलौरीका दुई बैंक बन्द

बिहीवार, १५ असोज २०७७, सगरमाथा पोष्ट.
कञ्चनपुर, कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय बाणिज्य बैंक बन्द गरिएको हो । कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पिसिआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो । बैंक अफ काठमाडौँका कर्मचारी काठमाडौँबाट फर्केपछि उनीमा ज्वरो देखियो वडा अध्यक्ष ढकालले भन्नुभयो, “पिसिआर चेकजाँच गर्दा नतिजा पोजेटिभ आएपछि अन्य कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन् ।” उहाँका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ । कोरोनाको सङ्क्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टिानमा छन् । राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रवन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताउनुभएको छ । सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू