Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

बुद्धबार, १४ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । रक्षामन्त्री पोखरेलले नेपालका लागि युएईका राजदूत साइद अम्दन अल नाक्बीसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा उहाँले युएईमा धेरै नेपाली कामदार रहेको जनाउँदै कोरोना महामारीमा नेपाली श्रमिकप्रति युएईले देखाएको सद्भावनाको प्रशंसा गर्नुभयो । उहाँले गत वर्षको आफ्नो युएई भ्रमणको स्मरण गर्दै दुई देशबीचका सम्बन्धका क्षेत्र कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा नेपाली लगानीकर्तासँगको संयुक्त लगानीमा सक्रिय भूमिका निर्वाह गर्दै रहन आग्रह गर्नुभयो । राजदूत नाक्बीले युएई र नेपालबीचको हवाई उडान छिट्टै नियमित हुने जनाउँदै महामारीको सामना गर्न दुवै देशबीच आपसी सहयोगको आवश्यकता रहेको राय प्रकट गर्नुभयो । उहाँले आफ्नो देशका लगानीकर्ता नेपालमा जलविद्युत्, पर्यटन तथा कृषिमा आधरित उद्योगलगायत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि बताउनुभयो युएईमा रहेका नेपाली कामदारले हालका दिनमा सुरक्षा, निर्माण तथा सेवा क्षेत्रमा योगदान गरिरहेको पनि उहाँले जनाउनुभएको रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू