Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने स्कन्दमाताको पूजाराधना शिव अधिकारी “अविरल”ले तारकेश्वरका १० वटा क्लबलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान गर्ने मिति २०७७ साल कार्तिक ६ गते विहिबार, अक्टोबर २२ तारीख हेरौं राशिफल

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

मंगलवार, १३ असोज २०७७, सगरमाथा पोष्ट.
म्याग्दी,कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि रु १५ लाख र बाँझो जमिनमा खेती गर्नेका लागि रु २४ लाख बजेट पठाएको छ । कम्तीमा दुई रोपनीभन्दा बढी क्षेत्रफल वा न्यूनतम २०० वर्गमिटर क्षेत्रफलको प्लास्टिक घरभित्र वार्षिक कम्तीमा दुई याम तरकारी खेती गर्नेलाई प्रतिरोपनी तीन हजारका दरले अनुदान दिइने केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार कम्तीमा ३ वर्षदेखि बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार र प्लास्टिक घरभित्र तरकारी गर्ने कृषकले प्रति १०० वर्ग मिटर तीन हजारका दरले प्रोत्साहनस्वरुप नगद अनुदान पाउनेछन् । यस वर्ष व्यक्तिगतभन्दा पनि समूह, सहकारी र फार्मलाई लक्षित गरेका कार्यक्रम धेरै भएका बताउँदै कृषि प्रसार अधिकृत पाण्डेले कार्यक्रम पाउन आवेदन पेश गर्नेका लागि पान नम्बर अनिवार्य गरिएको जानकारी दिनुभयो । सरकारले अनुदान सुविधा दोहो¥याएर नपाउने नीति बनाएको छ । केन्द्रमार्फत म्याग्दी र मुस्ताङ जिल्लामा सञ्चालन हुने कृषिसम्बन्धी कार्यक्रमका लागि रु नौ करोड १७ लाख ७८ हजार तथा कार्यालय सञ्चालन, तलबभत्ता, प्रशासनिक कार्यका लागि रु दुई करोड विनियोजन भएको छ । सार्वजनिक सूचना आह्वान गरेर कृषक, समूह, सहकारी र फार्महरुबाट प्रस्ताव सङ्कलन, स्थलगत निरीक्षण, मूल्याङ्कनका क्रममा मापदण्ड पूरा गरेकालाई प्रदेश सरकारको कार्यक्रममा ५० देखि ९० र सङ्घको कार्यक्रममा ५० देखि ८५ प्रतिशत अनुदान सुविधा पाउनेछन् । बाली बीमा शुल्कमा २५ प्रतिशत अनुदान दिन रु चार लाख, मकै, भट्मास र चैते धानखेती विस्तार प्रवद्र्धन कार्यक्रमलाई रु १५ लाख, आलु खेती प्रवद्र्धन विशेष कार्यक्रमलाई रु ४५ लाख, कृषि उपज सङ्कलन निर्माण तथा अन्य सामग्रीमा सहयोगका लागि रु १२ लाख, स्थानीय कृषि उपज बिक्री केन्द्र स्थापना गर्न रु २२ लाख ५० हजार र साना व्यावसायिक कृषि फार्म स्थापना तथा विस्तार कार्यक्रमलाई रु ६६ लाख विनियोजन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत नयाँ व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमलाई रु दुई करोड ४५ लाख र पुराना ब्लक कार्यक्रमलाई निरन्तरता दिन रु ६० लाख २३ हजार विनियोजन भएको छ । यस वर्ष म्याग्दी र मुस्ताङमा दश वटा ब्लक थपिने भएका छन् । जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा दरबन्दी अनुसारका कर्मचारीको अभाव छ । विभिन्न तहका १६ जनाको दरबन्दी भएको कार्यालयमा हाल ६ जना प्राविधिकको दरबन्दी खाली छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू