Previous Version
Saturday, Jan 16, 2021  |  शनिबार, ३ माघ २०७७   |  नेपाली समय लोड हुदैछ...
कोरोना खोपलाई अनुमति प्रतिनिधिसभा विघटनको मुद्दाः टुङ्गियो क्षेत्राधिकार विवाद आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ संयुक्त आयोगको बैठक सम्पन्न आज मिति २०७७ साल माघ ३ गते शनिबार , जनवरी १६, तपाँईको आजको दिन कस्तो हुनेछ ? देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण थप २७० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रम प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएकामा आपत्ति ‘नागरिक एप’ शुभारम्भ जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु. १० अर्ब ८८ करोड ऋण लगानी संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर ‘बडघरका भलमन्सा’ चुन्ने चटारोमा थारु समुदाय विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

जीवा लामिछाने अध्यक्ष रहेको प्रष्ठिानको निर्णय बिबादमा, छनौट भएका दुवै श्रष्ठाले अस्वीकार गरेपछि पुरस्कार र सम्मान रद्ध

मंगलवार, १३ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं ।  गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष जीवा लामिछाने अध्यक्ष रहेको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य र पद्मश्री साधना सम्मान बिबादमा परेको छ । 
प्रतिष्ठानले आइतबार लेखक सञ्जीव उप्रेतीको उपन्यास हंस लाई २०७६ सालको पद्मश्री साहित्य पुरस्कार र साहित्यकार मोदनाथ प्रश्रितलाई पद्मश्री साधना सम्मान दिने निर्णय सार्वजनिक गरेको थियो।
यौनशोषणको आरोप लागेका प्रश्रितलाई सम्मान गर्ने कुरा सामाजिक सञ्जालमा विवादित बनेपछि पद्मश्री साहित्य पुरस्कारका लागि छनौट भएका उप्रेतीले नैतिकताका आधारमा प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए । 
यता, प्रश्रितले पनि प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो चरित्रहत्या भएकाले पद्मश्री सम्मान नलिने बताएपछि पुरस्कार र सम्मान बिबादमा परेको हो । 
सामाजीक सञ्जालमा बिबाद छताछुल्ल भएपछि प्रतिष्ठानले अन्त पुरस्कार र सम्मान स्थगीत गरेको छ । संस्थाले बिज्ञप्ती जारी गदै दुवै पुरस्कारमा उत्पन्न विवादपछि सोमबार बसेको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

यस्तो छ प्रतिष्ठानको बिज्ञप्ती 
प्रेस विज्ञप्ति
मिति २०७७।०६।१२
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानद्वारा वि.स.२०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र वि.सं.२०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यस वर्ष पनि मिति २०७७।०६।११ मा घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ । यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दु:खी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने छ ।
जीवा लामिछाने
अध्यक्ष,
खेमलाल- हरिकला लामिछाने प्रतिष्ठान
रत्ननगर, चितवन

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू