मनोसामाजिक समस्या, मनोरोग, आत्महत्या जस्ता समाजका जटिल समस्याहरुलाई न्युनिकरण गर्न जनचेतना अभिवृद्धि गर्नु अहिलेको प्रमुख आबस्यकता हो। यस कुरालाई मध्य नजर गर्दै जनस्तरबाट नै मानसिक एवं मनोसामाजिक सु स्बनस्थ्यको राष्ट्रिय अभियान नेपालको शुरुबात गरिएको हो ।
मनोबिज्ञान र मानसिक स्बास्थ्य क्षेत्रको सम्बर्द्धन , प्रबर्द्धन र बिकास तथा आत्महत्याको रोकथामका लागि सबैको साथ र सहकार्यको जरुरत पदर्छ । यो सबैको सरोकारको बिषय बन्नु पर्दछ। मानसिक स्बास्थ्यको क्षेत्रमा काम गर्ने सिमित संघ संस्था र ब्यक्तिको प्रयासले मात्र यो सम्भब देखिदैन ।
स्बास्थ्यकर्मी , पत्रकार , कलाकार , शिक्षक, बिधार्थी, उधोगी, ब्यवसायी, समाजसेवी, अभियान्ता जस्ता सबै पेश, बर्ग र समुदायका ब्यक्तिहरु यो अभियानमा आबद्ध हुन सक्नेछन । यसमा सबैले आ - आफ्नो तहबाट आफुले सकेको योगदान स्वैच्छिक रुपमा गर्नुपर्ने हुन्छ । यश अभियानमा प्रवेशका गर्नका लागि अन्य अभियान्ता बा हामीलाई सिधै सम्पर्क गर्न सकिनेछ।
यस अभियानमा संलग्न भई कार्यगर्ने प्रतिबद्धता जनाएसँगै अभियान्ताको नाम र ठेगाना अनुसार अभियान्ताको डिजिटल प्रमाण पत्र प्रदान गरिनेछ । जुन अभियानको अफिसियल फेसबुकमा समेत राखिनेछ ।
* अभियानमा आफ्नो दायित्व के के हुन्छ ?
- आफ्नो क्षेत्र र क्षमता अनुरुप अभियानका लागि गर्न सक्ने योगदानको बारेमा सार्वजनिक रुपमै प्रतिबद्ध ब्यक्तगर्नु पर्नेछ।
- यो अभियानमा संलग्न भएको जानकारी आफ्नो प्रमाण पत्र सहित सोसियल मेडियाबाट सार्वजनिक गर्नुपर्छ । ताकी तपाईंलाई अभियान्ताको रुपमा सबैले चिन्न सकुन र आबस्यकता पर्दा भेटन जानकारी लिन तथा सहयोग माग्न सकुन ।
- आफुले गरेको कार्यको अवगत अभियानको फेसबुक पेजमा पोष्ट गरि सबैलाई गराउनु पदर्छ। अभियानका गतिविधिहरुलाई धेरै माझ पुर्याउन अभियानको पेज लाईक गर्ने र पोष्टहरु सेयर गर्ने गर्नु पर्दछ।
- आफ्नो कारणले अरुलाई नकारात्मक असर नपुगोस भनेर सधै सचेत रहनुपर्छ । मनोसामाजिक समस्या, मानसिक स्बास्थ्यका बिषयमा आफ्नो ज्ञान बढाउदै लैजानुपर्दछ । यस बिषयमा विज्ञले लेखेका लेख, अन्तरबार्ता आदि नियमित रुपमा पढने र सुन्ने गर्नुपदर्छ ।
- समस्या परेका ब्यक्तिहरुलाई सकेको मद्दत गर्ने उनीहरुको कुरा सुन्ने , उपचारमा सक्दो पहल गर्ने, यस क्षेत्रमा कार्यरत बिज्ञहरुसँग सम्पर्क स्थापित गर्न मद्दत पुर्याउनु पर्दछ ।
- अभियानले गरेका कार्यक्रमका बारेमा जानकारी लिईरहने तथा अभियानले आयोजना गरेका कार्यक्रमहरुमा सहभागीता जनाउनु पर्दछ ।
यस अभियानमा लागेपछि के फाईदा मिल्छ ?
- मनोसामाजिक समस्या तथा मानसिक स्बास्थ्यका बिषयमा आफैमा ज्ञान र चेतना वृद्धि गर्ने मौका मिल्नेछ ।
- मानसिक स्बास्थ्य तथा आत्महत्या रोकथामका बिषयमा अभियानले बेला बेलामा निशुल्क तालिम प्रदान गर्नेछ । जसमा भाग लिन सकिनेछ।
- सम्भावना धेरै भएको क्षेत्र भएकोले यसैमा आफ्नो करियर बनाउन सक्नु हुनेछ ।
- अभियानले उपलब्ध भए सम्म मानसिक स्बास्थ्य र मनोविज्ञान बिषयमा पाठ्य सामाग्री उपलब्ध गराईनेछ ।
- सामुहिक रुपमा कार्यगर्ने क्षमताको बिकास हुनेछ । विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुसँग परिचित हुने मौका मिल्नेछ।
- यहाँहरुले गरेको कार्यको उच्च मुल्यांकन गर्दै बेला बेलामा सम्मानित गरिनेछ।
- मानसिक रुपमा स्बस्थ र समृद्ध समाज निर्माण गर्ने पबित्र उदेश्य लिएर शुरु गरिएको अभियान भएकाले यसमा जोडिएर कार्य गर्दा पक्कै आत्मसन्तुष्टि मिल्नेछ। हामीले गरेको सानो सहयोगले कसैको जीवन जोगाउन पनि सक्छौ । हामी कसैको पिडामा मलमपट्टी बन्न पनि सक्छौ। आउनुहोस मानसिक स्बास्थ्यको बारेमा कुराकानी गरौ। छलफल चलाउ। हामी सबैजना सहकार्य गरेर अगाडि बढौ ।
ढकाल मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्यको राष्ट्रिय अभियान नेपालका संयोजक हुन ।