Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम

सोमबार, १२ असोज २०७७, सगरमाथा पोष्ट.
बैतडी , क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् । जेलर अनिल तिवारीले भन्नुुभयो, “क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको छ ।” कोरोनाले देशका विभिन्न कारागारमा रहेका कैदीको मृत्यु तथा सङ्क्रमण पुष्टि भइरहेको समाचार बाहिर आइरहेका बेला बैतडीमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम बढेको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको जेलर तिवारीको भनाइ छ । कारागारमा शङ्कास्पद १० कैदी र सबै थुनुवाको तथा १० जना कारागारका कर्मचारी एवं सुरक्षाकर्मीको पिसीआर परीक्षण गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । गत जेठ ९ गते बैतडीका पहिलो कोरोना सङ्क्रमित भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति थिए । हत्या आरोपमा पक्राउ परेका ती युवक १३ दिनमै कोरोना जितेर हाल कारागारमै रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सङ्क्रमणको जोखिम हुनाका साथै खानेपानी र अन्य व्यवस्थापनमा पनि चुनौती रहेको जनाएको छ । खानेपानी आपूर्ति गर्न, शौचालय र बस्नका लागि पनि ठाउँ साँघुरो रहेको जेलर तिवारीले बताउनुभयो । उहाँले भन्नुुभयो, “कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर सावधानी अपनाए पनि नयाँ आएका थुनुवा र कैदी राख्न छुट्टै क्वारेन्टिन तथा आइसोलेसन नहुँदा जोखिम बढेको छ ।” कारागार व्यवस्थान विभागले देशका अन्य कारागारमा आइसोलेसन र क्वारेन्टिन बनाएको भए पनि बैतडीमा पनि आवश्यक रहे पनि निर्माण गर्न नसकिएको हो । “क्वारेन्टिन तथा आइसोलेसन बनाउन हामीसँग आवश्यक बजेट नहुँदा बनाउन सकिएको छैन”, जेलर तिवारीले भन्नुुभयो । कारागार कार्यालयले कोरोना महामारीले गर्दा कैदीबन्दीलाई हाल आफन्तलाई समेत भेट्न दिइएको छैन भने सङ्क्रमणको जोखिम हुने भन्दै अदालत लैजान पनि बन्द गरिएको छ । बैतडीमा २०४० सालमा बनेको कारागार कार्यालय पनि जीर्ण बन्दै गएको छ । वर्षांै भइसक्दासमेत जीर्णोद्धार नहुँदा समस्या भएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू