Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

भीमफेदी–कुलेखानी सडकखण्ड खुल्यो

सोमबार, १२ असोज २०७७, सगरमाथा पोष्ट.
मकवानपुर, अबिरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ । उक्त सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर गाउँपालिका–२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ः०० बजेदेखि हेटौँडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाटो खुलेसँगै काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीसाधन सञ्चालनमा आएको छ । त्यस्तै, हेटौँडाबाट सिस्नेरी हुँदै काठमाडौँ जाने सिस्नेरीको बाटो भने पहिराका कारण अझै अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू