Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

एक्काइस फरार अभियुक्त पक्राउ

सोमबार, १२ असोज २०७७, सगरमाथा पोष्ट.
गलकोट , जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका लागि फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार र आइतबार मात्रै २१ जना फरार अभियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि प्रहरीले २० जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ । शनिबार र आइतबार पक्राउ पर्नेमा आठ दिनदेखि २० वर्षसम्म कैद तोकिएका र रु १०० देखि एक लाख २५ हजार जरिवाना तोकिएका व्यक्तिहरु रहेका छन् । बहुविवाह, लागुऔषध, गालीबेइज्जती, डाँका, सवारी ज्यान, जबरजस्ती करणी, सार्वजनिक अपराध, चोरी र जालसाजी अपराधमा दोषि प्रमाणित भई फरार रहेका उनीहरुलाई कैद भुक्तानका लागि पक्राउ गरी अदालतमा पेश गरिएको उहाँले जानकारी दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू