Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

महानगरमा फुटपाथ पसल निषेध

आईतवार, ११ असोज २०७७, सगरमाथा पोष्ट.
ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ । ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य  अघि बढाएको जनाएको हो ।
कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आजदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत रोक लगाएका छाँै ।” महानगरपालिकाका विभिन्न स्थानलाई चरणबद्ध रुपमा व्यवस्थीत बनाउँदै लगिने योजनानुरुप सो कार्य अघि बढाइएकौ हाँछेथुको भनाइ छ । 

फुटपाथ पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको ठाउँ भएकाले उनीहरुको सहजतामा उक्त निर्णय गरिएको उहाँले उल्लेख गर्नुभयो । यसैगरी ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उद्यान निर्माण गरिरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू