Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने स्कन्दमाताको पूजाराधना शिव अधिकारी “अविरल”ले तारकेश्वरका १० वटा क्लबलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान गर्ने

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ – बानियाँ

शुक्रबार, ९ असोज २०७७, सगरमाथा पोष्ट.
गलेश्वर, इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कूलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित गरिसक्नुभएको छ । उपन्यास लेख्दाको पृष्ठभूमि, मदन पुरस्कार प्राप्त गरेपछिको अनुभूति र आगामी योजनाका बारेमा राससका लागि गलेश्वर संवाददाता धु्रवसागर शर्माले लिनुभएको अन्तर्वार्ताको अंश ः २०७६ सालको मदन पुरस्कार तपाईँको उपन्यास ‘महारानी’ले प्राप्त गरेकोमा हार्दिक बधाई । देशकै प्रतिष्ठित पुरस्कार पाउँदा कस्तो अनुभूति गर्नुभएको छ ? प्राप्ति आफैँमा सुखकारक विषय हो । त्यसमा पनि अनपेक्षित उपलब्धि हासिल हुनु थप आनन्दको विषय हुने नै भो तर मलाई भने उपलब्धिभन्दा मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर लागिरहेको छ । त्यस्तो अनुभूतिको कारण के होला ? लेख्ने कोसिस त गर्दै आएको छु । भविष्यमा पनि प्रयत्न निरन्तर रहने छ तर आफ्नै लेखनशील्पसँग सन्तुष्ट हुन सकिएको छैन । मेरो भावना र मेरो जानकारीको संयोजन गरेर सुन्दर रचना गर्न मेरो कलमले सक्तैन । मेरो त्यही अनुभूतिले मदन पुरस्कार प्राप्त लेखकको गरिमा गौरव थाम्न सकिन्न कि भन्ने लाग्ने हो । त्यसमाथि थप म अलि अल्छी पनि छु । घुमफिर गर्न रुच्दैन । अन्तक्र्रिया र संवाद गर्ने बानी पनि छैन । उपन्यासमा कलम चलाउने र त्यो पनि ऐतिहासिक विषयवस्तु छान्नु पछाडिको कारण के थियो ? उपन्यासमा कलम यसअघि पनि चलाउने कोसिस गर्थेँ । दुर्घटनावश ती लेखोट पाठकका हातसम्म पुग्ने अवसर नपाइकनै मृत्युवरण गर्ने दुर्नियतिको शिकार भए । जहाँसम्म पर्वतको इतिहासलाई विषय बनाउनुको कारण के थियो भन्ने प्रश्न हो त्यससँग मेरो निजी भावना पनि गाँसिएको छ । चौबीसे राज्य पर्वतको समाजमा ‘आठ हजारका राजा, बाह्र हजारका बानियाँ’ भन्ने लोक कथन जीवित छ । त्यो भनेको तत्कालीन मल्ल राजवंशले आर्जन गरेको आठ हजारमा बानियाँको पाखुरीले १२ हजार घरधुरी थपेको भन्ने अर्थ लाग्छ । अर्थात् तत्कालीन पर्वत राज्यको निर्माणमा मेरा पुर्खाको रगत पसिना भिजेको थियो । दुर्भाग्यवश पवर्तको त्यो इतिहास लेखिएन । पर्वत राज्यको अस्तित्व मेटिए पनि म त्यही माटोमा जन्मे हुर्केको मान्छे हुँ । पुर्खाको त्यो माटो, त्यो इतिहासप्रति मेरो मनमा अगाध श्रद्धा र गौरव छ । त्यसैैले त्यही इतिहास उधिन्नका लागि पनि विषय चुनिएको हो । अर्को कुरा तथ्य प्रमाणले पुष्टि गर्न नसकिने लोक कथनमा बाँचेको इतिहास लिपिबद्ध गर्ने समाजसमक्ष गरेको वाचा पूरा गर्न पनि यो विषय रोजेको हुँ । अर्थात् यो लेखन आवश्यकताको उपज हो । उपन्यासमा आन्तरिक सत्ता सङ्घर्ष, अरन्तरदेशीय षड्यन्त्र, द्वन्द्व र त्यसैमा घुनझैँ पिसिएकी राजकुमारीको कथा छ । उपन्यासमा परेका ती घटनावली सत्य हुन् ? तथ्यद्वारा प्रमाणित गर्न सकिने घटना हुन्थे भने इतिहासमै लेखिन्थे । उपन्यास सिर्जना गर्नुपर्ने आवश्यकतै पर्दैनथ्यो । ‘महारानी’ ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास हो । सम्पूर्ण इतिहास होइन । सत्य कुरा कति मात्रै हो भने घनश्याम मल्लका दुई विमातृक भाइबीच सत्ता सङ्घर्ष चलेको र दाइद्वारा भाइको हत्या भएको कुरा सत्य हो भद्रिवमको हत्यापछि उनकी रानी वेपत्ता भएको वा पारिएको कुरा पनि सत्य हो । तर त्यो घटनाको प्रत्यक्ष साक्षी छैन र विश्वसनीय भौतिक साक्षी पनि उपलब्ध छैन । त्यही अन्धकारमा रहेको इतिहासको पाटो अर्थात् खाली ठाउँ भर्न कथानकको रचना गरिएको हो । त्यसो हो भने ‘महारानी’ उपन्यासलाई पाठकले कसरी बुझ्दा ठिक होला त ? माथि नै भनिसकेको छु कि समाजमा लोककथनका रूपमा बाँचेको कथा गाथाहरु ऐतिहासिक घटना नै हुन् । समयक्रममा सत्य कुरा कुना पर्दै गयो र त्यसमा अनेक नयाँ फूलबुट्टा थपिए, भरिए । सत्य इतिहास भ्रमपूर्ण कथाको छाँयामा विलुप्त भयो । ‘महारानी’ उपन्यासले त्यही भ्रमको थुप्रोबाट इतिहास उधिनेर बाहिर निकाल्ने कोसिस गरेको हो । त्यसैले उपन्यासको प्रारम्भमै यो ‘इतिहास पुनर्लेखनको प्रयत्न हो’ भनिएको हो । उपन्यासमा वर्णित घटनाजस्तो अपेक्षाकृत कम उमेरकी विश्वप्रभामा रहेको असाधारण त्यागको भावना, घनश्याममा रहेको न्यायप्रियता र सुमन्तको विज्ञता जस्ता विषयहरु पाठकका लागि अलिक अस्वाभाविक लाग्लान् कि भन्ने लागेन ? मानिसको योग्यता, क्षमता र भावनाको मापदण्ड उमेर हुने होइन । कैयौँ मानिसमा असाधारण प्रतिभा हुन्छ । उपन्यासमा वर्णित पात्रहरुको चरित्र अस्वाभाविक जस्तो देखिएको प्रतिक्रिया कतैबाट आएको छैन । स्वभावतः परिस्थितिअनुसार चरित्रमा अलिकता रङरोगन गरिनु अस्वााविक मानिन्छ जस्तो लाग्दैन । उपन्यासमा ‘डोली दिने’ प्रथाको चर्चा गरिएको छ । त्यो परम्परा यथार्थ हो कि काल्पनिक ? यथार्थ हो भने यतिखेर किन प्रचलनमा छैन ? कुनै ऐन कानूनद्वारा राज्यले हटाएको पनि देखिँदैन त ? डोली दिने प्रथा खास गरेर ठकुरी समाजमा रहेको परम्परा हो । त्यसको प्रत्यक्ष साक्षी मेरो पुस्ता छ । त्यो अनौठो विषय पनि होइन । उपयुक्त वरमा आँखा परेपछि जुनसुकै बाबुआमा आफ्नी छोरीको हात थमाउन उत्सुक रहन्छन् । प्रत्यक्ष परोक्ष त्यस्तो पहल हुन्छ । त्यही चलनको औपचारिक नामकरण ‘डोली दिने’ प्रथाको रूपमा भएको हो । ठकुरी समाजले नाम दिएको मात्र हो । अहिले पनि उमेर पुगेकी छोरीका निमित्त उपयुक्त वर खोज्ने चलन हाम्रो समाजमा विद्यमान छ । अर्को अर्थमा त्यो पनि डोली दिने प्रथाकै निरन्तरता हो । ‘महारानी’ उपन्यास लेखिएपछि पर्वत राज्यको कथा समाप्त भयो कि त्यसको ‘सिक्वेल’ पनि रचना गर्ने आवश्यकता देख्नुभएको छ ? ऐतिहासिक पर्वत राज्यको कथा ‘महारानी’ मा सम्पूर्ण समेटिएको छैन । कमसेकम पर्वत निर्माण, विस्तार विभाजनसम्मको कथा परेको छ । पर्वतमा मल्ल वंशले शासन गरेको ५०० वर्षमध्येको पछिल्लो झण्डै ३५० वर्षको इतिहास संक्षिप्तमा आएको छ । अझै करिब १५० वर्ष बाँकी रहन्छ । बाँकी इतिहास आउने गरी अर्को एउटा उपन्यास लेख्नुपर्ने आवश्यकता अनुभूत गरेको छु । परिणाम भविष्यको हातमा । ऐतिहासिक घटनावलीलाई उपन्यासको कथानकमा ढाल्न र समेट्न कत्तिको सजिलो वा अप्ठेरो अनुभव गर्नुभएको छ ? लेख्नु सजिलो कुरा होइन । कमसेकम मलाई त्यस्तो लाग्दैन । जहाँसम्म ऐतिहासिक उपन्यास लेख्नु सामाजिक विषयवस्तुको उपन्यास लेख्नुजस्तो सजिलो कुरा होइन । घटना, समय, पात्र, विषयवस्तुको निश्चित घेरा र सीमा हुन्छ । निश्चिन्त भएर कल्पनामा मुक्त कलम चलाउन पाइँदैन । सामाजिक उपन्यास घरमै बसेर कल्पना गर्न सकिन्छ । ऐतिहासिक उपन्यासका लागि तथ्यको पनि ख्याल राख्नुपर्ने हुन्छ । सत्यको अन्वेषण अनिवार्य पाटो मानिन्छ । ‘महारानी’ उपन्यास सिर्जना गर्दाका कठिनाइ के कस्ता रहे होलान् ? पहिलो कुरा तत्कालीन खस भाषिकाको खोज गर्नुपर्ने आवश्यकता थियो । पर्वत राज्यकालका सीमित लेखोट उपलब्ध छन् । कैयौँ लेखोट ‘डिकोट’ गरिदिने विज्ञको आवश्यकता पर्छ । पाँच सय वर्षको लामो अवधिमा लेखिएका दुई दर्जनभन्दा बढी लेखोटबाट भाषाको नमूना निकाल्नु निकै गाह्रो काम हो । किनकि भाषा निरन्तर विकासशील हुन्छ, परिविर्तनशील हुन्छ । पाँचसय वर्षमा त भाषामा आनको तान फरक परिसक्छ । दुईरो काम हो । किनकि भाषा निरन्तर विकासशील हुन्छ, परिविर्तनशील हुन्छ । पाँचसय वर्षमा त भाषामा आनको तान फरक परिसक्छ । दुई

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू