Previous Version
Saturday, May 15, 2021  |  शनिबार, १ जेष्ठ २०७८   |  नेपाली समय लोड हुदैछ...
घरमा अक्सिजन सिलिण्डर नराख्न मन्त्रालयको आग्रह आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता तारकेश्वर काँग्रेसले साङलाको आइसोलेसनका लागि अक्सीजन सिलिण्डर सहित डक्टरको व्यवस्था गर्ने नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह रातो मच्छिन्द्रनाथको रथ तानिँदै मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर फौजीकिराले मकैबाली नष्ट सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

कानुनको धज्जी उडाँउदै रामेछापमा जनप्रतिनिधिले सडक मिचेर घर ठड्याए, बिबादीत घरमै गाँउपालीकाको कार्यालय!

शुक्रबार, ९ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । असोज ९ । रामेछापको लिखु–तामाकोसी गाँउपालीकाको जनप्रतिनिधिहरुले सार्वजनीक जग्गा र बाटोको मापदण्ड मिचेर घर निर्माण गरिरहेका छन् ।
लिखु तामाकोसी गाँउकार्यपालीकाको बैठकले २०७५ सालमा सर्वसम्मत रुपमा गाँउपालीका भित्रको सडकको मापदण्ड ६ मिटर र ११ मिटर निर्धारण गरेको थियो । 
शक्तिको आडमा गाँउपालीकाले पास गरेको बाटोको उक्त मापदण्ड जनप्रतिनिधिहरुलेनै धमाधम उल्लंघन गरीरहेका छन् । लिखु तामाकोसी गाँउपालीका वडा सदस्यहरु ओलक बहादुर खडका र अमरबहादुर खडकाले कानुनलाइनै धज्जी उडाँउदै सडकमै घर ठडयाएका छन् । 
वडा नं ३ को धोवीडाँडाको स्वास्थ्य चौकी मुनी ठड्याइएका ति घर अगाडीको सडकको मापदण्ड ६ मिटर तोकिएपनि मुस्कीलले ३ मिटर मात्र रहेको स्थानीयबासीहरुको भनाई छ । 
बाटो मिचेर घर निर्माण गर्ने ओलक बहादुर वडा नं ३ र अमरबहादुर वडा नं ५ का वडा सदस्य हुन् । 
धोवी–चिलाउने–चोतपु–खोल्मागाँउ–गोठगाँउ–साँघुटार हुंदै ओखलढुंगा जोडने ति महत्वपुर्ण सडकलाईनै छेकेर उनिहरुले अलिसान महल ठड्याएका छन् । उक्त सडकका आसपासमा बनेका अन्य सर्वसाधारणले सडकको मापदण्ड पालना गरेर घर निर्माण गरिरहेका छन् । अझ रोचक कुरा त के छ भने अबैध घर निर्माणमा रोक्नु पर्ने स्थानीय निकायले उल्टै वडा सदस्य अमरबहादुर खडकाको घरमा लगेर लिखु तामाकोसी गाँउपालीकाकी उपाध्यक्ष दिपशिखा न्यौपानेको अफिस तथा मेलमीलाप केन्द्र समेत राखिएको छ । 
त्यस्तै लिखु तामाकोसी गाँउपालीका वडा नं ४ का अध्यक्ष लिला बा बस्नेत र वडा नं ५ का अध्यक्ष सोम बहादुर तामाङले पनि निर्माण गरेका घरहरु सडकको मापदण्ड बिपरीत रहेका छन् । उनिहरुले धोवी बजारमा निर्माण गरेका घरहरु सडकको मापदण्ड र सार्वजनीक जग्गा समेत अतिक्रमण गरिएको छ । 
२०७५ सालमा गाँउकार्यपालीकाको बैठकले पारीत गरेको सडकको मापदण्ड कडाईको साथ पालना गराउन गाँउपालीकाका अध्यक्ष गोबिन्द खडकाले कदम चाले पनि जनप्रतिनिधिहरुलेनै असहयोग गरेको स्थानीयहरुको भनाई रहेको छ । अध्यक्ष खडका अहिले बिभिन्न आरोपमा प्रहरी हिरासतमा रहेका छन् ।एक स्थानीयबासीले नाम उल्लेख नगर्ने सर्तमा भने “सडक मापदण्ड बिपरीत घर बनाउने जनप्रतिनिधिहरुमाथी अध्यक्ष खडकाले एक्सन लिने तयारी गरिरहेकै अवस्थामा बिभिन्न अभियोगमा पक्राउ परेका खडका बिरुद्ध यिनै मापदण्ड बिपरीत घर बनाउने जनप्रतिनिधिका छोरा र परिवारका सदस्यहरुलाई साझी बोकाएर अध्यक्षलाई फसाउने खेल भइरहेको छ”  
गाँउपालीकाकी उपाध्यक्ष दिपशिखा न्यौपानेले गाँउ कार्यपालीकाले माइनेट गरेपनि सडकको मापदण्डको बारेमा गाँउपालीकाले कानुन नबनाईसकेको दावी गरिन् । उनले भनिन “सडकको मापदण्ड सहितको माइन्युट भएको सत्य हो तर हामीले त्यसलाई कानुन बनाएका छैनौं”
यता, गाँउपालीका महासंघका महासचिब बंशलाल तामाङले गाँउपालीकाले नयाँ ऐन नबनाए सम्म कार्यपालीकाले गरेको निर्णयनै कानुन सरह मान्य हुने बताए । उनले भने “नयाँ ऐन बने पछि त्यसले तोके अनुसारको मापदण्ड लागु हुन्छ, तर त्यो भन्दा पहिला त कार्यपालीकाले गरेको माइनेटनै एने कानुन हो नि । नत्र किन माइनेट गरेर पास गर्नुप¥यो ?” 
सडक बिभागले देशैभरको सडकको अवस्था हेरेर राष्ट्रिय राजमार्ग, सहरी मार्ग र जिल्ला मार्ग भनेर सडकको मापदण्ड निर्धारण गर्ने गरेको थियो तर संघियता पछि सो अधिकार स्थानीय निकायलाई गएपछि स्थानीय निकायहरुले त्यहाँको भुगोल र अन्य अवस्थालाई हेरेर सडकको मापदण्ड निर्धारण गदै आइरहेका छन् । धेरै स्थानीय निकायहरुले कानुन बनाएर लागु गरिसकेपनि लिखु तामाकोसी गाँउपालीकाले भने त्यो गर्न सकेको छैन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू