Previous Version
Thursday, Feb 25, 2021  |  बिहीवार, १३ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री आज मिति २०७७ साल फागुन १३ गते विहिबार, फेवररी २५, तपाँईको आजको दिन कस्तो हुनेछ ? फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ॐ अस्पतालको मेडिकल डाइरेक्टरमा डा. हरिश जोशी नियुक्त नेपाल किराँत राई संघ केन्द्रीय समितिको तदर्थ समिति गठन, सभापतिमा धर्मराज राई महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, कुनैपनि नयाँ प्रकारको शासन गर्ने वैद्यता नै छैन्’ ‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष सभा छाडेर काठमाडौँ फर्कनुभयो अध्यक्षद्वय नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार : प्रधानमन्त्री

करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई २२ लाख क्षतिपूर्तिको माग

शुक्रबार, ९ असोज २०७७, सगरमाथा पोष्ट.
करेन्ट लागेर मृत्यु हुनुभएका माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई रु २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले क्षतिपूर्ति दिने सवालमा आनाकानी नगर्न कम्पनीसँग आग्रह गर्नुभयो । कम्पनीले लाइनको व्यवस्थापनमा ध्यान नदिई आम्दानीतर्फ मात्रै ध्यान दिँदा दुर्घटना भएको प्रदेशसभा सदस्य राजभण्डारीको भनाइ छ ।

सल्लेरी–च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन  लाइनलाई व्यवस्थित बनाउन सोलुखुम्बुका सांसदले निर्देशन दिएका छन् ।  बिहीबार कम्पनीका प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलमा जोखिम क्षेत्रको तारलाई  तत्काल व्यवस्थित बनाउन  प्रतिनिधिसभा सदस्य हेमकुमार राई सुरवीरले निर्देशन दिनुभयो । अव्यवस्थित तारका कारण मानवीय क्षति भएको बताउनुहँदै राईले यस्ता तारलाई तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।  छलफलमा सासंद हेमकुमार राई सुरवीर, प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी, उत्तमकुमार बस्नेत र विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू