Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ चन्द समूहका कार्यालय सचिव पक्राउ निरन्तर सुझाव र आलोचना दिन पत्रकारलाई अर्थमन्त्रीको आग्रह कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार

‘रेड वाइन’मा पल र साम्राज्ञी

बिहीवार, ८ असोज २०७७, सगरमाथा पोष्ट.

काठमाण्डौ। रमेश एम.के. पौडेलको नयाँ चलचित्र ‘रेड वाइन’ बन्ने भएको छ । यो चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै काम गर्ने भएका छन् । पल र साम्राज्ञीले यस चलचित्रबाट नै पहिलो पटक स्क्रिन शेयर गर्नेछन् ।

यो चलचित्र निर्देशन समेत आँफैले गर्न लागेका पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरिसकेका छन् । हाल अमेरिकामा रहेका पौडेलले अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने बताएका छन् । लभस्टोरी चलचित्र ‘रेड वाइन’ रमेशको पहिलो निर्देशकिय चलचित्र हुनेछ । चलचित्रमा कथा र गीत लेखन पौडेलकै रहने छ ।

पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि अभिनय गर्ने बताइएको छ । यस फिल्ममा ब्यवसायि पासांग लामा र आर्यन पौडेलको लगानी रहने छ । सह-निर्माता निरू भण्डारी हुन् ।

आर्यन फिल्मस् प्रोडक्शन प्रा. लि. र बोधी एच.डि. अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा तथा संवाद शबिर श्रेष्ठले तयार पारेका हुन् । कोरोनाको अवस्था हेरेर दशैँ र तिहारको बीचमा फ्लोरमा जाने तयारी रहेको बताईएको छ । चलचित्रमा ८८४८ मिडियाको पनि आवद्दता रहने छ ।
तस्विरहरु: बिनोद पोखरेल


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू