Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

नरायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

बिहीवार, ८ असोज २०७७, सगरमाथा पोष्ट.
चितवन, नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो । सोहि स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो । यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ । साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो । केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू