Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’ छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध

बिहीवार, ८ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी÷पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभिन्न प्रविधिको माध्यामबाट सूचना पठाएर तथा फोनमार्फत नै सम्बन्धित सुरक्षा अधिकारी, स्थानीय प्रशासन र जनप्रतिनिधिलाई उच्च सावधानी अपनाउन र सर्बसाधारणलाई सूचित गराउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अबको केही दिन मुलुकभर नै बर्षा हुने छ । केही स्थानमा भारी वर्षासमेत हुने र धेरै स्थानका नदी तथा खोलामा सतह बढ्ने छ । त्यसैले यो अबस्थामा बाढी पहिरोको घटना हुनसक्ने भएकाले सावधानी अपनाउन भनिएको हो । जल तथा मौसम विज्ञान विभाग र बाढी पुर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण आज कन्काइ, बाग्मती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती, बबईका केही साना सहायक नदीमा आकस्मिक बहाव आउने देखिएको छ । प्राप्त विवरण अनुसार इलाम झापा, मोरङ्, सुनसरी, धनकुटा, भोजपुर, गोरखा, लम्जुङ्, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ्, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम प्यूठान, दाङ जिल्ला उच्च जोखिम रहेको जनाइएको छ । सोही क्षेत्रमा उच्च सावधानी अपनाउन र अन्य क्षेत्रमा समेत सावधानी अपनाउन भनिएको प्राधिकरणले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार अहिले मुलुकका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । यो क्रम राति समेत जारी रहने जनाइएको छ । मङ्गलबारदेखि नै देशका सबै नदीमा बहाव बढ्दो रहेको र असोज ७–१० गते देशै भरका नदीमा बहाव उच्च हुने अनुमान गरिएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू