Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’ छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

पूर्व पश्चिम राजमार्गमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान

बुद्धबार, ७ असोज २०७७, सगरमाथा पोष्ट.
कञ्चनपुर,  अआपराधिक क्रियाकलाप नियन्त्रण गर्न वेदकोट नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ । नगरपालिकाको राजमार्ग क्षेत्रमा आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित क्षेत्रमा २५ वटा क्यामेरा जडान गरेको हो । दैजी र चम्फापुर क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको नगर प्रमुख अशोककुमार चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका अन्य क्षेत्रमा समेत सिसिटिभी क्यामेरा जडान गर्ने योजना छ ।” सिसिटिभी क्यामेरा र ११६ वटा सौर्य बत्ती जडान गर्नका लागि नगरपालिकाले अमृत बोहरा जेभीसँग रु एक करोड १३ लाखमा ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार सिसिटिभी जडानको कार्य पूरा भएको छ भने सौर्य बत्ती जडान गर्ने काम अघि बढाइएको बताइएको छ । सौर्य बत्ती जडान कार्यक्रमअन्तर्गत पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाँटा नगरपालिकासँग जोडिएका चम्फापुर पुलदेखि सामादैजी, दैजी, सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको नगर प्रमुख चन्दले जानकारी दिनुभयो । “नगरको व्यस्त र भीडभाड हुने स्थानमा क्यामेरा जडान गरिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकामा स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन बढेसँगै आपराधिक क्रियाकलापमाथि नियन्त्रण गर्न र दुर्घटनाका घटना रोकथाममा सघाउ पु¥याउन क्यामेरा तथा सौर्य बत्ती जडानको कार्य अगाडि बढाइएको छ ।” सिसिटिभी क्यामेराबाट निगरानी राख्नका लागि वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम राखिएको छ । नगर क्षेत्रका मुख्य मुख्य बजारमा सौर्य बत्ती जडान भएपछि रातिको समयमा उज्यालो हुने भएकाले चोरी लगायतका अन्य आपराधिक क्रियाकलाप कमी आउने विश्वास नगरपालिकाको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू