Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’ छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

सौराहामा चल्न थाले पर्यटक बस

बुद्धबार, ७ असोज २०७७, सगरमाथा पोष्ट.
भरतपुर, चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो । सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौँ र काठमाडौँदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ । झण्डै नौ महिनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश दाहालले बताउनुभयो । “बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दूरी, ज्वरो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ”, उहाँले भन्नुभयो । बाबा ट्राभल्सका दुई बस एउटा काठमाडौँ जाने र एउटा काठमाडाँैबाट सौराहा आउने गरेका छन् । “सौराहा आउने पर्यटक छैनन्”, दाहालले भन्नुभयो“ परिस्थिति सामान्य हुने आशमा बस चलाएका हौं ।” मङ्गलबार चितवनबाट १० यात्रु लिएर काठमाडौँ गएको बसले आज आठ यात्रु मात्र ल्याएर आएको उहाँले बताउनुभयो । सौराहाबाट चितवन सफारीले पनि काठमाडौँका लागि पर्यटक बस चलाउन शुरु गरेको छ । यस्तै संजोग ट्राभलले पोखराका लागि सौराहाबाट बस सञ्चालन गरेको क्षेत्रीय होटल सङ्घ सौराहाले जानकारी दिएको छ । सौराहामा पर्यटक बस चल्न थालेपछि केही आशा पलाएको सङ्घका अध्यक्ष दीपक भट्टराइले बताउनुभयो । उहाँले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेकाले क्रमिक सुधार हुने अपेक्षामा व्यवसायी रहेको बताउनुभयो । चितवनमा आन्तरिक पर्यटक बढ्दो अवस्था रहेको र अन्य जिल्लाबाट पनि आउन थालेका भट्टराइले जानकारी दिनुभयो । पर्यटक आउने वातावरण बनाउन सौराहाका व्यवसायीले आन्तरिक छुटसमेत दिइरहेको उहाँले बताउनुभयो । सामान्य अवस्थामा चितवनको सौराहाबाट काठमाडौँका लागि दैनिक आठ र पोखराका लागि चारसम्म पर्यटक बस सञ्चालन हुँदै आएका छन् । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू