Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’ छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

५०७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि

बुद्धबार, ७ असोज २०७७, सगरमाथा पोष्ट.
लहान, एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गर्नुभयो । एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो । कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना सङ्क्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख महतोको भनाइ छ । सङ्क्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ । “कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएको छैन”, कारागार प्रमुख महतोले भन्नुभयो, “सङ्क्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि सङ्क्रमित हुने जोखिम बढेको छ ।” सङ्क्रमित कैदीबन्दीलाई सुरक्षित आइसोलेसनमा राख्नुपर्नेमा सरकारबाट निर्देशन नआउँदा कारागारभित्रै राख्नुपर्ने बाध्यता रहेको उहाँको कथन छ । एकैपटक ठूलो सङ्ख्यामा कैदीबन्दी सङ्क्रमण देखिएपछि सङ्क्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भइरहेको उहाँले बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू