Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बुद्धबार, ७ असोज २०७७, सगरमाथा पोष्ट.
मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । 
मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै उहाँले वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिनुभयो । 
सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटेका सवारी साधनहरु रातिदेखिनै मालढुङ्गामा अलपत्र बनेका छन् । अघिल्लो साताको आइतबारदेखि सो ठाउँमा निरन्तर पहिरो झरिरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू