Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

सशस्त्र प्रहरीको गण स्थापनका लागि स्थानीयले दिए सहमति

बुद्धबार, ७ असोज २०७७, सगरमाथा पोष्ट.
डोटी, जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएका छन् । कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्याङ्कन, क्षति तथा समस्याबारे राय सुझाव लिन आयोजना गरेको कार्यक्रममा वडा नं ४ का स्थानीयवासी तथा सामुदायिक वनका पदाधिकारीले उक्त वन क्षेत्रमा भवन निर्माण गर्न सहमति दिएका हुन् । दुई वर्षअघि शिक्षक तालिम केन्द्रमा अस्थायीरूपमा स्थापना गरिएको सो गणका लागि अब आफ्नै जमिनसहित भवन निर्माणका लागि गृहमन्त्रालयबाट बजेट विनियोजन भएपछि गणले यहाँका स्थानीयवासी तथा सरोकारवालाहरुसँग राय सुझाव लिन थालेको हो । सशस्त्र प्रहरीले आयोजना गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीको गण उक्त सामुदायिक वनमा स्थापना गरिए सामुदायिक वनसहित सबैलाई सुरक्षा मिल्ने भएकाले भवन निर्माण गर्न समुदायबाट नै सहमति दिने निर्णय गरिएको कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनका अध्यक्ष रतनबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बलको गण स्थापना गरिए सामुदायिक वनमा चोरी सिकार रोकिने तथा काठ चोरी पनि रोकिने भएको र सबै नागरिकलाई सुरक्षा मिल्ने भएकाले हामीले सहमति दिएका छौँ ।” –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू