Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

दाहालले भने- ‘साहना प्रधानलाई देशको सर्वोच्च ठाउँमा पुर्‍याउनुपर्छ भनेको थिएँ’

मंगलवार, ६ असोज २०७७, सगरमाथा पोष्ट.
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साहना प्रधानलाई आफूले देशको सर्वोच्च पदमा पुर्‍याउने ठूलो इच्छा भए पनि सफल नभएको बताएका छन्। साहना प्रधानको छैठौं स्मृतिमा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले उनको योगदानको मूल्यांकन गर्न नसकेको भन्दै दु:ख व्यक्त गरे।
"पार्टीप्रतिको योगदान र महिलामुक्ति आन्दोलनको अगुवा उहाँ जस्तो व्यक्तित्वलाई सर्वोच्च ठाउँ (राष्ट्रपति) मै पुर्‍याउनुपर्छ भन्ने प्रस्ताव त्यतिबेला हाम्रो पार्टी नेकपा (माओवादी) को केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित नै गरेको थियो। त्यो जानकारी उहाँ भएको पार्टी (एमाले) लाई जानकारी गराएका थियौं", उनले भने।“त्यतिबेला दुई पार्टी एक भइसकेको थिएन तर उहाँलाई सर्वोच्च स्थानमा पुर्‍याउनुपर्छ भन्ने भएर हाम्रो पार्टीको केन्द्रीय समितिमा प्रस्ताव गरें, सर्वसम्मतिले पारित पनि भयो तर त्यो सफल हुन नसकेकोमा दुःखी छु। उहाँको योगदानको मूल्यांकन गर्न सकिएन”, उनले भने।
दाहालले साहना प्रधानको जीवनी नयाँ पुस्ताले अध्ययन गरेर प्रेरणा लिनुपर्ने आवश्यकता रहेको भन्दै साहना प्रधानको व्यक्तित्वको चर्चा गरे। 
कार्यक्रममा साहनाका छोरा उमेश लाल श्रेष्ठले उनले कहिल्यै राजनीतिक कुरा नगर्ने गरेको सम्झिए। “उहाँ मेरो आमा हो, मसँग कहिल्यै राजनीतिक कुरा गर्नुहुँदैनथ्यो। राजनीतिमा लाग वा नलाग पनि भन्नुभएन”, उनले स्मरण गरे।

पार्टीले उनको योगदानको मूल्यांकन नगरेको भन्दै प्रधानले कम्युनिष्ट पार्टीले पनि महिलालाई हेर्ने दृष्टिकोण र महिला राजनीतिज्ञहरूको योगदानको उचित मूल्यांकन अझैं नहुने गरेको गुनासो गरे।

अहिले पनि पार्टीले एक दिन बुबा (पुष्पलाल) र आमा (साहना प्रधान) को औपचारिकतामा मात्र सम्झिरहेको भन्दै वर्षमा एकचोटी ‘श्राद्ध’ भइरहेको टिप्पणी गरे।

"सरकारी श्राद्ध बुबाको पनि गरिन्छ, उहाँ (आमा साहना) को सम्झना पनि, अब अर्को वर्ष असोज ६ गते त हुने होला", उनले भने।

नेपालको वाम–लोकतान्त्रिक तथा महिला आन्दोलनकी अगुवा  सहाना प्रधानको ६ असोज २०७१ मा निधन भएको थियो। जीवनका झण्डै सात दशक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाको रुपमा बिताएकी प्रधानको जन्म वि.सं. १९८४ साल २७ असारमा काठमाडौँको असनमा भएको हो। साहना नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालकी श्रीमती हुन्।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू