Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

प्रलोभनमा पर्ने ट्राफिकलाई कारवाही

मंगलवार, ६ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, सवारी नियम उल्लङ्न गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा त्यसलाई इन्कार गर्ने १७ ट्राफिक प्रहरीलाई आज सम्मान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा उनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरक्षिक भीमप्रसाद ढकालले दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गर्नुभयो । नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरशः पालना गरी ती प्रहरीले प्रलोभनमा पार्न खोज्ने चालक र सहचालकलाई कारवाहीको दायरामा ल्याएका थिए । सङ्गठनको छविलाई उच्च पारी दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गरेकाले प्रोत्साहन गरिएको उहाँले बताउनुभयो । यसअघि पनि प्रलोभनमा नपर्ने ५० ट्राफिक प्रहरीलाई महाशाखाले पुरस्कृत गरेको थियो । सङ्गठनको नीति विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरीलाई विभागीय कारवाही समेत गरिएको महाशाखाले जनाएको छ । अन्य ४ प्रहरीलाई नोकरीबाटै हटाईएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू