Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

एक महिनाभित्र युरिया मल आउने

मंगलवार, ६ असोज २०७७, सगरमाथा पोष्ट.
वीरगञ्ज, पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल एक महिनाभित्र आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले राससलाई बताउनुभयो । उहाँले बङ्गलादेशबाट नेपालको लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार मेट्रिकटन हुने भएकाले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने बताउनुभयो । सो कार्यालयले धान खेतीलाई लक्षित गरी पर्सा जिल्लामा असारसम्म युरिया मल विक्री गरेको थियो तर मल सकिएकोले सोको अभाव हुन गएको हो । सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, ३ र ४ को १६ वटा कार्यालयमा पठाउँदै आएको छ । यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा युरिया र डएपी मल छ÷छ हजार मेट्रिक टन तथा पोटास सात सय टन बिक्री गरेको छ । गत पुस महिनामा मल ल्याउने ठेक्का पाएका शैलुंग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरिया मलको अभाव देखिएको हो । मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र (टेण्डर) आह्वान गरिसकेको छ । समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने मकै, धान, मसुरो लगायत वर्खेबाली खेती प्रभावित हुने किसानको भनाइ छ । पर्सामा ४६ हजार हेक्टरमा धान खेती हुँदै आएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू