Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’ छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क

नेका संसदीय दलद्वारा भत्र्सना

मंगलवार, ६ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भत्र्सना गरेको छ । दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत कोरोना भाइरस सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गर्दैै सतर्कताका साथ जिप्रका पुगेका जिल्ला पार्टी सभापतिलगायत नेताकार्यकर्तालाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको आरोप लगाउनुभएको छ । “प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायतका साथीहरु घाइते हुनु भएको छ । जिल्ला नेतृत्वमाथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको काँग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाइते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं” विज्ञप्तिमा उल्लेख छ । गुल्मी घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाहीका दायरामा ल्याउन माग गर्दै उहाँले ज्ञापनपत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराउनुभएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू