Previous Version
Sunday, Nov 01, 2020  |  आईतवार, १६ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ मिति २०७७ साल कार्तिक १६ गते आइतबार, नोभेम्बर १ तारीख हेरौं राशिफल सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो तिहारमा भारतबाट फूल नल्याइने सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट जंगलमा युवक र युवतीको सब फेला जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

एक सिटमा एक जना मात्र बस्न आग्रह

मंगलवार, ६ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ, सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्यरुपमा साबुन पानीले हात धुनसमेत अनुरोध गर्नुभयो । “अत्यावश्यक कामका लागि घरबाहिर निस्कनै पर्दछ, सबैले आ–आफ्नो जीवन समान्यीकरण गर्दै लैजानुपर्दछ”, उहाँले भन्नुभयो, “आफ्नो काममा निस्कनका लागि सार्वजनिक यातायात नै चढ्नपर्ने हुन्छ, एक व्यक्ति र अर्को व्यक्ति दुई मिटर टाढा लाइन बसेर चढ्नु पर्दछ ।” सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन् । सार्वजनिक यातायात सरकारले सङ्क्रमणलाई नियन्त्रण गर्दै जिवनलाई सामान्यीकरण गर्नका लागि सञ्चालन गरेको उहाँले बताउनुभयो । सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको उहाँको भनाइ छ । स्वास्थ्य मापदण्ड अपनाइ यात्रा गरौँ र आफू, आफ्नो परिवार तथा समाजलाई सङ्क्रमणबाट जोगाउन आवश्यक छ । यस्तै ६० वर्षका वृद्धवृद्धा, बालबालिका र दिर्घरोगीलाई घरबाट ननिस्कनसमेत उहाँले अनुरोध गर्नुभयो । कोभिड–१९ को सङ्क्रमणको बारेमा केही विज्ञले समाजमा भ्रम सिर्जना गर्न थालेकाले त्यस्ता विज्ञको कुरा नपत्याउन समेत सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो । मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारले सङ्क्रमणको उपचारका लागि धेरै नै मिहनेत गरेको उल्लेख गर्दै हाम्रो जस्तो गरिब देशले सर्वसाधारणको उपचार निःशुल्क गर्नु भनेको सन्तोषजनक रहेको बताउनुभयो । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण र ४७ हजार २३८ जना सङ्क्रमण निको भई घर फर्किसक्नुभएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू