Previous Version
Sunday, Nov 01, 2020  |  आईतवार, १६ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ मिति २०७७ साल कार्तिक १६ गते आइतबार, नोभेम्बर १ तारीख हेरौं राशिफल सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो तिहारमा भारतबाट फूल नल्याइने सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट जंगलमा युवक र युवतीको सब फेला जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

घुस नियन्त्रण गर्न मालपोतमा सिसि क्यामेरा जडान, रोकिएला त ?

सोमबार, ५ असोज २०७७, सगरमाथा पोष्ट.
मालपोत कार्यालय तनहुँको गतिविधिलाई सिसी क्यामेराले निगरानी गरिराखेको छ ।  
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउण्ड रेर्कडसहितको सिसी क्यामेरा जडान गरिएपछि सो कार्यालयको गतिविधिको निगरानी भइरहेको हो । मन्त्रालय र विभागले सबै मालपोत कार्यालयमा सिसी क्यामेरा जडान गर्ने अभियान थालेको छ । सिसी क्यामेरामा रेर्कड भएका कुरा छ महिनासम्म सुरक्षित रहने मालपोत कार्यालय तनहुँले जनाएको छ । सिसी क्यामेरा जडानले लेखापढी कानून व्यवसायी र कर्मचारीबीच हुने भनिएको आर्थिक चलखेल र अनियमितता पूर्णरुपमा अन्त्य हुने विश्वास गरिएको मालपोत कार्यालय तनहुँका प्रमुख शेरबहादुर भण्डारीले बताउनुभयो । 
उहाँका अनुसार कार्यालयको सुरक्षा, कर्मचारीद्वारा सेवाग्राहीलाई गरिने व्यवहार, कार्यमा पारदर्शीता, अभिलेखको सुरक्षालगायतका क्षेत्रमा सिसी क्यामेराबाट निगरानी बढाइएको छ । “कार्यालयको १५ वटै कोठामा सिसी क्यामेरा जडान गरिएको छ”, उहाँले भन्नुभयो, “सिसी क्यामेरा जडान पश्चात लेखापढी कानून व्यवसायीलाई कार्यालयको फाँटमा पस्न रोक लगाइएको छ ।” 
कार्यालयले महिला, दलित, जनजाति, शहीद, अपाङ्गता र कृषि फार्मको लागि रजिष्ट्रेशन पास गर्दा २५ प्रतिशत राजश्वमा छुटको व्यवस्था गरेको छ । प्रायः दैनिक भीडभाड हुने यो कार्यालयमा कोभिड– १९ का कारण पछिल्लो समय सुनसान जस्तै देखिएको थियो । अहिले पुनः सेवाग्राहीको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ । कार्यालयले आव ०७५÷७६ मा रु २८ करोड ५८ लाख ६९ हजार १९९ र आर्थिक वर्ष ०७६÷७७ मा रु २४ करोड ४६ लाख ४८ हजार ८४ राजश्व सङ्कलन गरेको जनाएको छ ।

लकडाउनका कारण करिब तीन महिना कार्यालय बन्द नै गर्नुपरेकाले यस आवमा राजश्व सङ्कलनमा अझै कमी आउनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू