Previous Version
Tuesday, Oct 20, 2020  |  मंगलवार, ४ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति नेप्सेमा दोहोरो अङ्कको वृद्धि सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित सरकारलाई मानव अधिकार आयोगको आग्रह चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना दशैंँमा बैंक नखुल्ने बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते महँगो भएपछि च्याङ्ग्राको व्यापार ह्रास आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी प्रम र मन्त्रीको दशैंँखर्च कोरोना उपचार कोषमा जम्मा गरिने

पश्चिम जाजरकोटमा सुरक्षा माग

सोमबार, ५ असोज २०७७, सगरमाथा पोष्ट.
जाजरकोट,  जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ । स्थानीय तहका प्रमुखदेखि सर्वसाधारणको मागले सरकारी अधिकारी अचम्मित भएका छन् । सोचेकोभन्दा फरक मागको ओइरो आएपछि प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान विभागका नायब उपरीक्षक ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी अचम्मित भएका हुन् । पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाभित्र रहेको थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले प्रहरी चौकीको माग, नियमित बजार अनुगमन तथा निरीक्षण, चोरीपैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न माग गरेका छन् । वर्षौँदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माणमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन् । त्यस्तै सबैको पहुँचमा टेलिफोन सेवा पुर्याउन समेत स्थानीयवासीले मन खोलेर माग राखेका छन् । प्रहरी चौकी नहुँदा नेत्रविक्रम चन्द समूहको चन्दा आतङ्कले हैरान भएको भन्दै नगरपालिकाका नगरप्रमुखले चिन्ता व्यक्त गर्नुभयो । “हरेक योजनाबाट चन्दा उठाएर हैरान बनाएका छन्, यसरी कसरी काम हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो । प्रजिअ बरालले प्रहरी चौकीको स्थापना गर्न आफूले पहल गर्ने आश्वासन दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू