Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

आफ्नै बुबाको हत्या गरेर लास गाडेको ४ दिन पछि प्रहरीले लास झिकेर थाल्यो अनुसन्धान

आईतवार, ४ असोज २०७७, सगरमाथा पोष्ट.
जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुलाई कर्तव्य गरी मारेर गाडेको घटनाको   अनुसन्धान थालेको छ । आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा  २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो । 
बुबाको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि स्थानीयवासीको रोहवरमा उक्त शव सुरक्षित साथ उत्खनन गरिएको थियो । छोराले गत भदौ ३१ गते आफ्नै घरमा कर्तव्य गरी पिताको हत्या गरेको र शव उत्खनन गरी लाशजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । 
 शव परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा) पठाइएको प्रहरीले जनाएको छ । अभियुक्तलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।
फरार मुद्दाका २५ जना पक्राउ 
जिल्ला प्रहरी कार्यालयले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका २५ जनालाई आज पक्राउ गरेको छ । 
जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू