Previous Version
Thursday, Oct 29, 2020  |  बिहीवार, १३ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्ः लिङ्देन असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह मिति २०७७ साल कार्तिक १३ गते बिहिबार, अक्टोबर २९ तारीख हेरौं राशिफल थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि तातोपानी नाका पुनःसञ्चालन २० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता उत्तरगया धाममा तटबन्ध निर्माण नेकपा केन्द्रीय कमिटी बैठक स्थगित आयुर्वेदिक सेवामा आकर्षण वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट

राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा

आईतवार, ४ असोज २०७७, सगरमाथा पोष्ट.
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गर्नुभएको छ । आज पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गर्नुभयो । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न निर्देशन दिँदै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिनुभयो । राप्रपाको एकतालाई चाँडोभन्दा चाँडो टुङ्गो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीलाई विश्वास दिलाउनुभयो । पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने थापाले बताउनुभयो । गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताउनुभयो । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना सङ्कट, पार्टी एकता र भावी कार्ययोजनाबारे उहाँले निरन्तर बैठक गरिरहनुभयको छ । जनवर्गीय सङ्गठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी साङ्गठानिक गतिविधीलाई तिव्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बैठकमा २१ जनवर्गीय सङ्गठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू