Previous Version
Thursday, Oct 29, 2020  |  बिहीवार, १३ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्ः लिङ्देन असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह मिति २०७७ साल कार्तिक १३ गते बिहिबार, अक्टोबर २९ तारीख हेरौं राशिफल थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि तातोपानी नाका पुनःसञ्चालन २० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता उत्तरगया धाममा तटबन्ध निर्माण नेकपा केन्द्रीय कमिटी बैठक स्थगित आयुर्वेदिक सेवामा आकर्षण वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट

नेकपा सचिवालय बैठक पेरिस डाँडामा सुरु

आईतवार, ४ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ।  तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन्।   प्राय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्दै आएको सचिवालय बैठक पहिलो पटक पेरिस डाँडामा बसेको हो। स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान सचिवालय बैठक बसेको हो। 
Image may contain: people sitting and indoor
गत बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि सचिवालय बैठक तय भएको थियो । भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा निर्णय गरेको थियो। यसैबीच नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन एवम् विभिन्न प्रदेशमा मुख्यमन्त्री फेरबदलबारे समेत छलफल हुने छ। यसअघि दुई अध्यक्षबीच लामो समय चलेको विवाद समाधानका क्रममा संघीय सरकारका मन्त्री, तथा सन्तोषजनक काम गर्न नसकेका मुख्यमन्त्रीको फेरबदलसम्मको विषय उठेकाले आजको सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू