Previous Version
Thursday, Oct 29, 2020  |  बिहीवार, १३ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्ः लिङ्देन असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह मिति २०७७ साल कार्तिक १३ गते बिहिबार, अक्टोबर २९ तारीख हेरौं राशिफल थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि तातोपानी नाका पुनःसञ्चालन २० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता उत्तरगया धाममा तटबन्ध निर्माण नेकपा केन्द्रीय कमिटी बैठक स्थगित आयुर्वेदिक सेवामा आकर्षण वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट

प्रश्नोत्तर अभ्यासले शैक्षिक क्षमता बढाउछ : अध्ययन

आईतवार, ४ असोज २०७७, सगरमाथा पोष्ट.
वासिङ्टन
रासस÷एएनआई : बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ ।पढाईका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको शैक्षिक क्षमतामा नाटकीय र आश्चर्यजनक तरिकाले बृद्धि भएको अध्ययनकर्ताहरुको निश्कर्ष छ । प्रश्नोत्तर अभ्यास धेरै गर्ने र नगर्ने विद्यार्थीका बीचमा तुलना गर्दा धेरै गर्नेहरुको शैक्षिक प्रस्तुति राम्रो भएको पाइएको हो । प्रश्नोत्तर अभ्यास गर्ने गरेका विद्यार्थीहरुले चाँडो चाँडो प्रतिक्रिया दिने, सक्रिय देखिने र प्रस्तुति पनि राम्रो हुने गरेको अध्ययनकर्ताहरुले बताएका छन् । इओवा स्टेट युनिभर्सिटिको मनोविज्ञान विभागका बरिष्ठ सदस्य मार्कस क्रेडीले पनि अध्ययनले रोचक अवस्था देखाएको बताउनुभयो । कक्षा कोठामा जोड दिनेभन्दा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको प्रस्तुित प्रभावकारी भएको जानकारी दिनुभयो । उनीहरुले झण्डै एक हजार विद्यार्थीमा प्रश्नोतर अभ्यास र उनीहरुको शैक्षिक क्षमताबीचको सम्वन्धका बारेमा अध्ययन गरिएको पनि जानकारी दिएका छन् । अध्ययनकर्ताहरुले हरेक विद्यार्थी तथा बालबालिकाहरुलाई प्रश्नोत्तर अभ्यास धेरै गराउन पनि सुझाव दिएका छन् । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू