Previous Version
Sunday, Nov 01, 2020  |  आईतवार, १६ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ मिति २०७७ साल कार्तिक १६ गते आइतबार, नोभेम्बर १ तारीख हेरौं राशिफल सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न गाह्रो तिहारमा भारतबाट फूल नल्याइने सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट जंगलमा युवक र युवतीको सब फेला जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति

गाँजाको तस्करीमा संलग्न रहेको आरोपमा दुई पक्राउ

शनिबार, ३ असोज २०७७, सगरमाथा पोष्ट.
चितवन प्रहरीले गाँजाको तस्करीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेहरुमा राप्ती नगरपालिका ११ आँपपानी बस्ने २५ वर्षीया दोर्जे तामाङ र राप्ती नगरपालिका ११ स्थायी घर भई हाल पदमपुर बस्दैआएका २४ वर्षीया पदमबहादुर मोक्तान रहेका छन् ।

चितवनका प्रहरी प्रमुख ९एसपी० नान्तीराज गुरुङका अनुसार गत, भदौ २१ गते राती साँढे एक बजे राप्ती नगरपालिकाको वर्डा नम्बर ८ स्थित दवाडी चोकमा रहेको पम्पा खोला किनारमा प्याक गरेर बेवारिसे अवस्थामा रहेको एक क्विन्टल गाँजा इलाका प्रहरी कार्यालय भण्डाराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले बरामद गरेको थियो । सो, क्रम्मा गाँजा बरामद भएपनि अभियुक्तहरु भने कोही पक्राउ परेका थिएनन् ।

स्थानीयले दिएको जानकारी अनुसार खोजतलासमा जुटेको प्रहरीले दोर्जे र मोक्तानलाई भण्डाराबाट समात्न सफल भएको हो । घट्नास्थलमा ना।३९। प। २२५८ नम्बरको मोटरसाइल प्रयोग भएको सुुुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई बिहिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी प्रमुख गुरुङले बताए । प्रहरी स्रोतका अनुसार राप्ती नगरपालिका १२ बस्ने मुख्य अभियुक्त बर्ष ३० का बाबुराम तामाङ भने फरार रहेका छन् । 

पछिल्लो समय गाँजा खेतीविरुद्ध चितवन प्रहरी कठोर रुपमा लागे पनि यस्ले पुर्णता पाउन सकिरहेको छैनन् । हजारौंको बिघामा लगाइएको गाँजा खेती स्थानीय प्रशासनले तोड्दै आए पनि यस्ले अझै पनि निरन्तरता पाइरहेको छ । विशेष गरी राप्ती नगरपालिकाको वर्डा नम्बर ११, १२ र १३ को पहाडी क्षेत्रमा व्यपाकमात्रामा गाँजा खेती हुँदै आएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू