Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

शनिबार, ३ असोज २०७७, सगरमाथा पोष्ट.
वालिङ,बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ । नगरपालिकाले गत आव २०७६÷७७ मा लक्ष्यको नजिकै अर्थात् ९३.५७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले विभिन्न आयका शीर्षकबाट चार करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा रु चार करोड २१ लाख राजश्व सङ्कलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “ बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक÷नजिक पुग्ने गरी राजश्व सङ्कलन भएको छ” नगरप्रमुख खाँणले भन्नुभयो । नगरपालिकाले आव २०७६÷७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट रु. ८९ लाख ५९ हजार १५५ राजश्व सङ्कलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले रु एक करोड २० लाख राजश्व सङ्कलन गर्ने अनुमान गरेको थियो । नगरपालिकाले सिफारिस दस्तुरबाट रु ५३ लाख ५८ हजार ७९५, एकीकृत सम्पत्ति करबाट रु ४९ लाख १५ हजार ७९५, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु ४२ लाख ८७ हजार ४९४, नक्सापास दस्तुरबाट रु ३२ लाख ४९ हजार ६४५, घरबहाल करबाट रु ३० लाख ६६ हजार ४५३, अन्य प्रशासनिक सेवा शुल्क (सरसफाइ) बाट रु १९ लाख ७४ हजार ४७०, अन्य सेवा शुल्क तथा बिक्री (ढुंगा, गिटी, बालुवा) को राजश्व बाँडफाँड भई प्राप्त भएको रु १८ लाख ५३ हजार ८२० सङकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । नगरपालिकाले आव २०७५÷७६ मा चार करोड १२ लाख ५५ हजार ७८७ राजश्व सङ्कलन गरेको थियो । उक्त आवमा घरजग्गाको रजिष्ट्रेशनबाट रु. एक करोड १० लाख ७१ हजार ६४३, सिफारिस दस्तुरबाट रु ६२ लाख ७९ हजार ३४७, एकिकृत सम्पत्ति करबाट रु ५३ लाख ८० हजार ८३, नक्सापास दस्तुरबाट रु ४३ लाख ५६ हजार घर बहालबाट रु ३४ लाख ९२ हजार २३४ र अन्य दस्तुरबाट रु ३० लाख २२ हजार राजश्व सङ्कलन भएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू