Previous Version
Thursday, Oct 29, 2020  |  बिहीवार, १३ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्ः लिङ्देन असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह मिति २०७७ साल कार्तिक १३ गते बिहिबार, अक्टोबर २९ तारीख हेरौं राशिफल थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि तातोपानी नाका पुनःसञ्चालन २० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता उत्तरगया धाममा तटबन्ध निर्माण नेकपा केन्द्रीय कमिटी बैठक स्थगित आयुर्वेदिक सेवामा आकर्षण वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट

सरकारी कार्यालय डुबानमा

शुक्रबार, २ असोज २०७७, सगरमाथा पोष्ट.
चितवन, भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा यहाँका सरकारी कार्यालय डुबानमा परेका छन् । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकेपछि सो क्षेत्र डुबानमा परेका हुन् । झण्डै एक साता यता नियमित परेको वर्षातसँगै यहाँका अधिकांश सरकारी कार्यालय डुबानमा परेका छन् । कार्यालयमा सेवा लिन जाने सेवाग्राही र कर्मचारीले सडकमा नै जुत्ता खोलेर जानुपर्ने बाध्यता रहेको छ । डिभिजन सडक कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी व्यवस्थापन वोर्ड, खानेपानी तथा सरसफाइ डिभिजन, शिक्षा विकास तथा समन्वय एकाइ, जिल्ला प्रहरी र कारागार लगायतका कार्यालय डुबानमा परेका हुन् । जिल्ला समन्वय समितिको मातहतमा रहेको गेष्ट हाउस चौर एक महिनाभन्दा बढी समयदेखि जलमग्न भएको छ । यी सबै कार्यालय भरतपुर महानगरपालिका–१० मा पर्दछ । वडाध्यक्ष अरुणपीडित भण्डारीले पानीको निकास नभएकाले कार्यालय डुबानमा परेको बताउनुभयो । आफूहरु निर्वाचित हुनुअघि नै जनप्रतिनिधिले नहर पुरेको उहाँको भनाइ छ । भण्डारीले वाईपास सडक र पूर्वपश्चिम राजमार्गमा ठूलो ढल बनाएर सोही ढलमा यस क्षेत्रको पानी मिसाउने गरी आफूले दीर्घकालीन योजना बनाएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले गेष्ट हाउस चौरलाई भने पुर्ने योजना आफ्नो रहेको जानकारी दिनुभयो । उहाँले भरतपुर क्षेत्रमा रहेका सरकारी कार्यालय डुबान नहुने गरी योजना बनाउनुपर्ने बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि नै नहरहरु मिचिएकाले पानीले निकास नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “वृहत छलफल गरेर दीर्घकालिन समाधानका लागि महानगरले काम गर्छ ।” तत्कालका लागि गर्नुपर्ने कामका लागि महानगर तयार रहेको उहाँको भनाइ छ । अधिक वर्षाका कारण पनि पानीले निकास नपाएको हो । नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत आउने नहर पूरै मासिएको छ । भरतपुरको वर्सेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ । यसै क्षेत्रमा सरकारी कार्यालय रहेका छन् । पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्ची सडक, भवन जस्ता संरचना बनेका छन् । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुबानमा परेको उहाँले बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू