Previous Version
Thursday, Oct 29, 2020  |  बिहीवार, १३ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै नेकाँ बैठक शुक्रबार अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्ः लिङ्देन असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह मिति २०७७ साल कार्तिक १३ गते बिहिबार, अक्टोबर २९ तारीख हेरौं राशिफल थप एक हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि तातोपानी नाका पुनःसञ्चालन २० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता उत्तरगया धाममा तटबन्ध निर्माण नेकपा केन्द्रीय कमिटी बैठक स्थगित आयुर्वेदिक सेवामा आकर्षण वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट

भ्रष्टाचार विषयलाई लिएर नागरिक समाज र कर्मचारीबीच द्वन्द्व

शुक्रबार, २ असोज २०७७, सगरमाथा पोष्ट.
जलेश्वर, महोत्तरीको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको विषयलाई लिएर नागरिक समाजका अगुवा र कर्मचारीबीच द्वन्द्व शुरु भएको छ । नागरिक समाजका अगुवाहरुले जलेश्वर नगरपालिकाका नाला, सडक, शहिद गेट र पर्खाल निर्माण, सडकमा बत्ती जडान, कोरोनाको नाममा आएको सहयोग र गरिएको खर्च, गत वर्षमा बाढीको नाममा भएको राहत वितरण, कर्मचारी भर्ना उपभोक्ता समिति निर्माण र मोटरसाइकल खरिद प्रक्रियामा भएको भ्रष्टाचार तथा अनियमितताको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजूरी दर्ता गराएपछि द्वन्द्व शुरु भएको हो । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको १७ बुँदे मागसहित आन्दोलनमा उत्रेका नागरिक समाजका अगुवाहरुले विभिन्न वडाका योजनाहरू, कृषि सिँचाइ, सडक मर्मत, पिसिसी ढलान, पशुसेवा र बालमैत्री कार्यक्रम, मिथिला सांस्कृतिक प्रवद्र्धन, खुला दिसामुक्त कार्यक्रम, चौक सौन्दर्यकरण तथा भ्यु टावर निर्माणलगायत क्षेत्रमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । जलेश्वर नगरपालिकाले भने नागरिक समाजका अगुवाहरुले लगाएका सबै आरोप निराधार रहेको जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी कुनै आर्थिक अनियमितता नभएको तथा आर्थिक अनुशासन र कानूनको परिधिभित्रै रहेर रकम खर्च गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा बुझाएको १७ बुँदे मागको जवाफ एक महिनाभित्र उपलब्ध नगराइए चरणबद्ध आन्दोलनमा जाने निर्णय नागरिक समाजका अगुवाहरुले गरेका छन् । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू