Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

दूरी कायम गरी पशुपति मन्दिर खोल्न माग गर्दै धर्ना

शुक्रबार, २ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाडौँ , छ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ लगायत मठ, मन्दिर, बौद्ध, स्वयम्भू लगायत गुम्बा, चैत्य भक्तजनका लािग बन्द गरिएकामा अन्य क्षेत्र खुल्दा पनि धार्मिक स्थलतर्फ सरकारको ध्यान नगएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा पशुपति क्षेत्रमा शान्तिपूर्ण धर्ना दिइएको हो । भौतिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अपनाएर धार्मिक, सांस्कृतिक स्थल खुला गर्न माग गर्न बसेका शान्तिपूर्ण धर्नाकारीमाथि प्रहरीले लाठीचार्ज गरी दुई जनालाई घाइते बनाएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले राससलाई जानकारी दिनुभयो । प्रहरीले विश्व हिन्दू युवा सङ्घका संयोजक ऋषिकेशजङ्ग शाह, महासङ्घका पुष्प पराजुली लगायतलाई लाठी प्रहार गरी घाइते बनाएको छ । धर्नापछि आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले वैदिक सनातन एवं ओमकार परिवारभित्रका बौद्ध लगायत मौलिक धर्मलाई सिध्याउने खेल भइरहेकाले सचेत हुन आह्वान गर्नुभयो । पशुपति क्षेत्र विकास कोषले असार अन्तिम साता महामारीमा मन्दिर खोल्ने सम्बन्धी मापदण्ड बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गरेको छ । मन्दिर खोल्ने मापदण्ड मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेकोसम्म जानकारी प्राप्त भएको कोष सञ्चालक परिषद् सदस्य संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिनुभयो । गत हप्ता कमलादी गणेश मन्दिर दुई दिन खुला भएपछि भीड बढेकाले बन्द भएको थियो । धार्मिक अभियानकर्मी प्रकाशजङ्ग रायमाझी पशुपतिको फूल, प्रसाद, चन्दन बाहिर ल्याएर वितरण गरी मूल मन्दिरभित्र प्रवेश गर्न दिनु नहुने बताउनुहुन्छ । उपत्यकामा कोरोना सङ्क्रमण बढिरहेको, स्वास्थ्य पूर्वाधार नभएको, सरोकार भएका निकायको यसतर्फ ध्यान नगएको अवस्थामा मन्दिरभित्र प्रवेश गर्न दिँदा असहज अवस्था आउन सक्ने भएकाले धैर्य गर्नुपर्ने उहाँको भनाई छ ।–––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू