Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा नौ लाख ४५ हजार भन्दा बढीको मृत्यु

शुक्रबार, २ असोज २०७७, सगरमाथा पोष्ट.
(रासस÷एएफपी): विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ४५ हजार ८६८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा तीन करोड ७७ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १८ लाख २९ हजार २९ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ७३ लाख ३ हजार ९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार २८२ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् । अमेरिकामा ६८ लाख २९ हजार ६६४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४१ लाख २० हजार १३३ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १ हजार ४०३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भारतमा ५१ लाख २२ हजार ८४६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ४० लाख २५ हजार ७९ कोरोना भाइरस मुक्त भएका छन् भने ८३ हजार २५७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४४ लाख २१ हजार ६८६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख २० हजार ३१२ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३४ हजार १७४ जनाको मृत्यु भएको छ । रुस १० लाख ८५ हजार २८१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ९५ हजार ८६८ कोरोना भाइरस मुक्त भएका छन् भने १९ हजार ६१ जनाको मृत्यु भएको छ । पेरुमा ७ लाख ४४ हजार ४०० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८७ हजार ७१७ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३१ हजार ५१ जनाको मृत्यु भएको छ । कोलम्बिया ७ लाख ३६ हजार ३७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख १० हजार ७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार ४७८ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६ लाख ८० हजार ९३१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८५ हजार २४ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ९७८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ६ लाख ५३ हजार ४४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८४ हजार १९५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ७०५ जनाको मृत्यु भएको छ । स्पेनमा ६ लाख १४ हजार ३६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार २४३ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ५ लाख ८९ हजार १२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४८ हजार२६३ कोरोना भाइरस मुक्त भएका छन् भने १२ हजार ११६ जनाको मृत्यु भएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू