Previous Version
Saturday, Oct 31, 2020  |  शनिबार, १५ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
विश्व शहर दिवस मनाइँदै धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजाःसौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति मिति २०७७ साल कार्तिक १५ गते शनिबार, अक्टोबर ३१ तारीख हेरौं राशिफल गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय दुर्घटनामा पाँच घाइते दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे फरार पाँच प्रतिवादी पक्राउ सङक्रमण र मृत्युदर बढ्दो सङ्क्रमितलाई घृणा नगरी आइसोलेशनमा बस्न वातावरण मिलाउनुपर्छः गलबहादुर गुरुङ, सदस्य, जिसस, तनहुँ ओझालाई रिहा गर्न नेविसङ्घको माग हतियार र लागुऔषधसहित दुई युवक पक्राउ मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार, अक्टोबर ३० तारीख हेरौं राशिफल एटिएम मेशिन तोडफोड गर्न खोज्ने पक्राउ

सप्तरीमा एकैपटक ३७ प्रहरीसहित ५३ सङ्क्रमित

बिहीवार, १ असोज २०७७, सगरमाथा पोष्ट.
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज सङ्क्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष सङ्क्रमित भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार दुई प्रहरी निरीक्षक, तीन प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, चार हवल्दार र अन्य प्रहरी सङ्क्रमित भएका हुन् । सोमा दुई महिला प्रहरी छन् । यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ३५ वर्षीय चिकित्सक, राजविराज–३ का ४५ वर्षीय अभिवक्ता, भिम दल गणका ३७ वर्षीय पुरुषसमेत सङ्क्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताउनुभयो । तिरहुत गाउँपालिका–२ का २९ वर्षीय, राजविराज– ११ का १५, १८ र ३५ वर्षीय पुरुषमा समेत सङ्क्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा कञ्चनरुप नगरपालिका–६ की पाँच र २५ वर्षीया, वडा नं ८ की ३३ वर्षीया र वडा नं ९ की २७ र ४१ वर्षीया महिला तथा विष्णुपुर गाउँपालिकाका ४५ वर्षीय पुरुष सङ्क्रमित भएका छन् । यी छ जनाको बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले जानकारी दिनुभयो । यस्तै कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महादेवा गाउँपालिकाका ११ वर्षीय र सुरुङ्गा नगरपालिका–२ का ४० वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । जिल्लामा आज ५३ जना सङ्क्रमित थपिएसँगै एक हजार १४३ जना सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमा १९९ महिला र ९४४ पुरुष छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सङ्क्रमितमध्ये १११ महिला र ६३९ पुरुष निको भएर घर फर्किएका छन् । सङ्क्रमण पुष्टि भएका एक महिला र आठ पुरुषको मृत्यु भएको छ । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू