Previous Version
Friday, Oct 23, 2020  |  शुक्रबार, ७ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
छोरीलाई गोली हान्ने बुबा कारागार चलान प्राधिकरणलाई मन्त्रीको निर्देशनः दशैंँका बेला कतै बत्ती ननिभोस् शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार मिति २०७७ साल कार्तिक ७ गते शुक्रबार, अक्टोबर २३ तारीख हेरौं राशिफल तीन मुलुकका लागि राजदूत नियुक्त भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव नेप्सेमा साढे आठ अङ्कले वृद्धि चैतयता छापियो १० लाख चालक अनुमतिपत्र साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क रेडपाण्डाको छालासहित चार पक्राउ

सर्बोच्च अदालतको पहिलो पुर्व प्रधानन्यायधीशको निधन प्रति पुर्वराजाद्धारा दुख व्यक्त

बिहीवार, १ असोज २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । असोज १ । सर्बोच्च अदालतका पहिलो प्रधानन्यायधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको प्रति पुर्वराजा ज्ञानेन्द्र शाहले दुख व्यक्त गर्नुभएको छ ।
पुर्व राजाले आज समबेदना सन्देश मार्फत स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
सिंहको १०४ वर्षको उमेर मंगलबार बेलुका बत्तिसपुतलीस्थित आफ्नै निवासमा निधन भएको थियो। 
२०१३ साल जेठ ८ गते सर्वोच्च अदालतको स्थापना भएपछि उनी त्यहाँको पहिलो प्रधानन्यायाधीशका रुपमा तीन वर्ष न्यायपालिकाको नेतृत्व गरेका थिए। उनी भन्दा अघि प्रधान न्यायालय हुँदा हरिप्रसाद प्रधान सो अदालतका प्रमुख न्यायाधीश थिए । सर्वाेच्च अदालतमा उनी सिंहपछि प्रधानन्यायाधीशको जिम्मेवारीमा आएका थिए ।
२०१५ सालमा सर्वोच्च अदालतका महत्वूर्ण फैसला समेटिने नेपाल कानुन पत्रिकाको प्रकाशन सिंहले सुरु गरेका थिए। सिंह २००३ सालमा झापामा गोश्वारा कार्यालयको हाकिमका रुपमा सरकारी सेवा प्रवेश गरेका थिए। २०१२ सालमा शाही सल्लाहकारमा भएका सिंह लगत्तै प्रधानन्यायाधीश भएका हुन्।२०१६ सालमा लोकसेवा आयोगको अध्यक्ष, कानुन, वन मन्त्री, २०१८ सालमा राजा महेन्द्रले नारायणहिटीमा स्थापना गरेको जाहेरी विभागको प्रमुख भएका थिए।
त्यस्तै उनलाई २०३२ सालमा संविधान सुधार आयोगको अध्यक्ष, २०३४ सालदेखि झण्डै एक दशक तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्त भएका सिंह त्यसपछि राजसभा स्थायी समितिको सभापतिसमेत भएका थिए।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू