Previous Version
Tuesday, Oct 27, 2020  |  मंगलवार, ११ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
राष्ट्रपतिबाट टीका ग्रहण पुजारीको हत्या मिति २०७७ साल कार्तिक १० गते सोमबार, बिजया दशमी अक्टोबर २६ तारीख हेरौं राशिफल सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह दशैँको मुख्य दिन विजयादशमीः उत्तम साइत १०ः१९ बजे जो जहाँ जहाँ छाँैं, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रम दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

बुद्धबार, ३१ भाद्र २०७७, सगरमाथा पोष्ट.
३१ भदौ (रासस÷एएनआई) : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पनि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आउनुभएको छ । मंगलबार उहाँले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताउनुभएको छ । विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पु¥याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ । कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बतानुभयो । उहाँले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उहाँले सहयोगका लागि यो अपिल गर्नुभएको हो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू