Previous Version
Tuesday, Oct 27, 2020  |  मंगलवार, ११ कार्तिक २०७७   |  नेपाली समय लोड हुदैछ...
राष्ट्रपतिबाट टीका ग्रहण पुजारीको हत्या मिति २०७७ साल कार्तिक १० गते सोमबार, बिजया दशमी अक्टोबर २६ तारीख हेरौं राशिफल सभापति देउवाद्वारा घर—डेरामै सीमित रहेर पर्व मनाउन आग्रह परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह दशैँको मुख्य दिन विजयादशमीः उत्तम साइत १०ः१९ बजे जो जहाँ जहाँ छाँैं, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रम दुई हजार ८५६ जनामा सङ्क्रमण पुष्टि नयाँ सैनिक अधिकृतको मूल निशानसमक्ष हुने शपथ स्थगित सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति

बुद्धबार, ३१ भाद्र २०७७, सगरमाथा पोष्ट.
नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ र कप्तान लिम्बूबीच सोसम्बन्धी सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर भएको हो । यसै शैक्षिक सत्रदेखि शुरु भएको मनास्लु कलेजमा हाल व्यवस्थापनका साथै विज्ञान, मानविकी र कानून सङ्कायको पठनपाठन हुने प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । कलेजका अध्यक्ष लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले विभिन्न क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिनका लागि छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । भविष्यमा अन्य खेलाडीलाई पनि छात्रवृति उपलब्ध गराउने उहाँले बताउनुभयो । यु–१६ फुटबल टोलीका सबै खेलाडीलाई पूर्ण छात्रवृत्ति दिन तयार रहेको कलेजले जनाएको छ । कप्तान लिम्बूले २०७६ सालको एसइई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गर्नुभएको थियो । लिम्बू झापाको शरणामतीका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू