Previous Version
Saturday, May 08, 2021  |  शनिबार, २५ बैशाख २०७८   |  नेपाली समय लोड हुदैछ...
तारकेश्वर नगरपालीकामा अझै आइसोलेसन बन्न सकेन, अक्सीजनको सिलिण्डर पायो, नाप्ने फ्लोरी मिटरनै छैन भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्ने प्रशासनको तयारी बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण सेनाबाट अक्सिजन उद्योग सञ्चालनमा जनशक्ति सहयोग संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी : गृहमन्त्री थापा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता हुम्लामा हवाई उडान पुनःशुरु ५० लाखको ‘कोभिड च्यालेञ्ज फन्ड’ बनाइने "प्रवासी नेपाली एकता मञ्च युरोप" उदयपुरमा आजदेखि निषेधाज्ञा

लिखु–तामाकोशी गाँउपालिका अध्यक्ष गोबिन्द खडका माथीको मुद्धा र त्यसको यथार्थ बिश्लेषण

मंगलवार, ३० भाद्र २०७७, बिश्लेषक गेली शेर्पा.
ब्यतिगत पृष्ठभुमी 
लिखुतामाकोशी गाँउपालिका अध्यक्ष गोबिन्द बहादुर खडका अहिले मन्थली प्रहरी थुनामा छन । उहाँलाई अहिले तिनवटा बनावटी र षडयन्त्रपुर्वक लगाईएको मद्धा छ भनिन्नछ । यो घटनामा  बिगतका घटना र गतिबिभिहरु सग पनि जोडिएकोले बिगतलाई बिश्लेषण नगरी यो घटनाको वस्ताविकता कुझ्न सकिन्न । पारिवारिक पृष्ठभुमि हेर्दा उनि एउटा राजनितिक वातावरणकै मानिस रहेछन। पदम ध्वज खडका हजुरबुबा हनुमान ढोकाका तालुकदार लप्टन मेजर थिए र बुवा पनि पन्चयतमा वाड अध्यक्ष र प्रहरिको रासन ठेकेदार रहेछन । उनि साधरण राजनितिक वातावरण भएको परिवारमा जन्मिएका मानिस हुन । युवा अवस्थामा उनि नेपाली सेनामा भर्ती भएर केही समय सेवा गरे पछी जागिर खान मन नपरेर बिदेश तिर गए । बिदेश बाट र्फकने बितिकै काठमाण्डौको घरजग्गाको ब्यवासाय बहुतै चलेको थियो र यसैमा लागेर उनले आर्थिक हैसियत बनाएको हो र पछि मात्रै राजनितिमा लागेका हुन । 
सामजिक क्षेत्रमा उहाँको योगदान 
सामाजिक बिकस र देशको बिकास भने पछि हुरुक्कै हुने र दिलो ज्यान दिन खोज्ने उनले बिभिन्न सामाजिक क्षेत्रको बिकासका लागि धेरै ठुलो आर्थिक सहयोग गरेका रहेछन तेस मध्य सबै भन्दा धेरै रामेछाप जिल्लामा गरेका छन । पछिल्लो समयमा उहाँले रामेछापको स्कुल, कलेज, मन्दिर, गुम्बा, युवा क्लव, महिला समुह, खेलकुद यहाँ सम्मकी सहकारी सस्थाको भवन बनाउन समेत आर्थिक सहयोग गरेका रहेछन।  बिजुलीकोटका स्वास्थ चौकीलाई एउटा एम्बुलेन्स पनि दिलाएका थिए । ७२ सालको भुकम्पमा पनि उहाँले लिखुतामाकोशी गाँपालिकामा ठुलो सहयोग जुसटाएर हजारौं जनताका मन जितेका थिए र तेसै बखत देखि उहाँ सग नेकपाका बिभिन्न स्तरका नेता नजिकिएका भन्ने हल्ला रहेछ। सामाजिक क्षेत्रमा मात्रै हैन नेकपामा प्रभेष गरे पछि पार्टीलाई थुप्रै आर्थिक सहयोग पनि गर्दै गए र कम्युनिष्ट पार्टीका सस्थापक नेता पुष्पलाल, गंगालाल स्मिृती प्रतिष्ठन स्थल निर्माणका लागि पनि रु एघार लाख भन्दा बढी रकम सहयोग गरेका छन भन्ने जानकारहरु बताउछन । यति मात्रै हैन उनिसग कुनै राजनितिक हैसियत नहुदा खेरी देखि नै लिखुतामाकोशी गा.पा.लाई जसरी पनि बिुद्युतिकरण गर्छु भनेर लागि परेका थिए र नभन्दै अहिुले लिखुतामाकोशी गाँउपालिका झलमल्ल बनाएका छन । यो धेरै ठुलो र चुनौतिपुर्ण कुरा कुरा थियो तर गरेरै छाडे । यस बाट के अनुमान लगाउन सकिन्छ भने उनि समाज र देशको बिकासका निम्ती मरिमेटने रहेछन । अहिले पनि गाँउमा पुर्वधार बिकासका लागि गाँउगाउमा आफै गएर निरन्तर खटने गरेको स्थानिय जनताहरु बताउछन र थुप्रै बिकसका कामहरु निरन्तर भइ रहेको सबैले देख्न सकिन्छ । राज्यको एकसुका भ्रष्टचार गर्दिन र गर्न दिन्न भनेर चुनाव जित्ने बितिकै उनको पहिलो घोषण पालिका अध्यक्षको तलव भत्ता सबै दिनदुखि र गरिबलाई दिन्छु म एक रुपैयाँ लिन्न मलाई पुग्ने म आफै कमाउन सक्छु र र काठमाण्डौंको घरजग्गाको ब्यावासाय बाट धेरथोर कमाई सकेको छु भनेका थिए र उनले हाल सम्म पालिका बाट कुनै नगद तलव वापत लिएका पनि छैनन रे । 
राजनितिक क्षेत्र 
राजनितिमा उनि पहिला युवा अबस्थामा नेकपा पार्टीलाई नै मन पराउने बामपन्थी बिचारका नै थिए तर पछिल्लो समय आर्थिक हैसियत बनाएर समाज सेवाको क्षेत्रमा लागे पछि भने राजनितिमा ठुलै रहर पालेर राष्ट्रिय प्रजातन्त्र पार्टी बाट २०६५को चुनावमा सभासदमा रामेछाप क्षेत्र न. एक बाट चुनाव लडेका थिए । पछिल्लो समयमा समाजसेवा र राजनितिको क्षेत्रमा लाग्दै जादा नेकपमाका थुप्रै साथिभाइहरु सग सम्बन्ध बनाउदै गए पछि मुख्यत पहिलाका नागदहका गा.बि.स.अध्यक्ष तथा नेकपा रामेछाप क्षेत्र न.एकका तत्कालिन अध्यक्ष आसा बहादुर तमाङ लगाएत थुपै्र नेताको पहलमा तत्कालिन नेकपाका महासचिव इस्वर पोखे्रलको मुख्य अतिथ्यमा धोबी बाट नेकपा प्रभेष गरेका थिए र उनले गत चुनाबमा गाँउ बाटै पालिका अध्यक्षको टिकट सर्वसमतले अनुमोदन गराई पालिका अध्यक्षको टिकट हात पारेका थिए र अत्याधिक बहुमतले जित हासिल पनिगरे । हो सयै समय देखि प्राय स्थानिय पुराना नेता कार्यकर्ताहरुले उनले प्राप्त गरेको राजनितिक फाइदा र सफतामा भित्र भित्रै जल्न थालेका थिए । कतिपय कार्यकर्ताले काम गर्ने कालु मकै खाने भालु भनेर उहाँ सग प्रतिस्पर्दा गर्न खोज्ने नेता कार्यकर्ता रिसले चुर बन्दै गएका रहेछन भनिन्छ । उहाँले आफु राप्रपामा हुदा बनाएका भोटर, पछिल्लो समयमा समाजसेवा गर्दा कामएको जनमत र पार्टीलाई बिभिन्न कार्यक्रममा गरेको थुप्रै साथ सहयोगका कारण टिकट दिने बिषयमा प्राय कुनै नेताले नकारेनन पनि । यो दिन सम्म उहाँका हरेक पक्ष राम्रो थियो तर कुरा बिग्रियो चुनाव जिते पछि ।

चुनाव जितेर गा.पा.प्रमुख भए पछि
खडकाले चुनाव जिते पछि युवाहरुलाई हात लिनको साटो चिढाएको भन्ने हल्ला पहिला देखि नै गरिन्थ्यो । खड्काले चुनाव जिते पछी के के न फाइदा लिन सकिएला भनेर बसेका कार्यकर्ताहरुले बिभिन्न प्रस्तावहरु लैजादा सकिन्न बजेट छैन, गाँउमा बिजुली र बाटो बनाउने सपना पुरा नगरि म अन्य काम गर्न सक्दिन भनेर युवाहरुलाई खासै केही फाइदा दिन सकेनन किन भने भएभरका पैसा प्राय बिद्युतिकरण मै जान्थ्यो रहेछ साथै बाटो बिस्तारको काम पनि गर्नै पर्यो । गाँउपालिका र वाडा पालिका भवन समेत नबजाइ बिद्युतिकरण र बाटो बिस्तारमा लागेका थिए । बिजुली प्रत्यक जनताको घरमा बले पछि अव कृर्षि क्रान्ति गरेर सबै जनता धनी बनाउछु भनेर कोरोनाको महामारी सकिने बितिकै कृर्षि कार्यक्रम गर्ने तयारीमा भएकै समय खड्कालाई सोच्दै नसोचेको एक एक गरि तिनवटा मुद्धा लाग्यो । पारिवारिक श्रोत र अन्य जनताको आधारमा कुरा सुन्दा यि तिनै वटा झुटा मुद्धा हुन । पार्टी भित्रकै मुख्य मुख्य नेता र यहाँ सम्मकी मन्त्री साम्सद देखि ठुलै समुहलागेर सकाउन लागेका छन भन्ने आरोप परिवारका सदस्यहरुले गरेका छन । देशमा न्याए मरेको छैन र न्याएलय बिकेको छैन भने हाम्रो मान्छे जेल जादैनन भनेर परिवारका सदस्य मात्रै हैन कयौ स्थानिय जनताले पनि भनेको सुनिन्छ । तर न्याएलय पनि बिकी सकेको छ लिखु हाइड्रो पावरले सबैलाई किनि सकेको छ भनिन्छ र मन्त्रीहरु सबै सकाउन लागेका करण जेल जाने भन्दा पनि भित्रै मार्न सक्छन भनेर परिवार बहुत अतालिएको देखिन्छ ।
पहिलेका घटना 
घटना अहिलेको मात्रै हैन यो घटनाको वस्ताविक गहिराईमा पुग्ने हो भने यो घटनाको कारक तत्व सब लिखु जलबिद्युत आयोजनका कारण भएको हो । गत बर्ष पालिक उपाध्यक्ष दिपसिखा दाहाल र वाड न. ७ का वाडा अध्यक्ष सग ठुलै लफडा परेको  र पैसाको ब्ल्यकमेलिङ्ग पछि गोलि काण्ड सम्म भएको र प्रहरी मुठभेटमा खुट्टामा गोलि लागेका करण अमृत तमाङ र  मिलन तामाङ जेल परेका थिए । अहिले पनि मिलन र ति दुबै जाना जेलमा नै छन । मिलन तमाङको त गोली लागेका कारण खुट्टा समेत काटिएको छ । कतिपय घटनहरु लिखितम र बकितम हुदैनन नत कुनै स्पस्ट प्रमाण देखाउन र जुटाउन नै सकिन्छ तर अव्यतm सत्य तही हुन्छ न्याए बोल्न सक्दैन खासमा  लिखु जलबिद्युत आयोजना यो घटनाका मुख्य कारक तत्व हुन । 
अहिलेका घटनाहरु 
अहिलेको घटनाको पनि लामो कहानी छ तर पहिलाको घटनाको प्रतिसोध भने मिसएको अडकल गर्न सकिन्छ । पालिका अध्यक्षलाई जिल्ला डि.एस.पि.कार्यलयले मिटिङ्ग छ भनेर झुक्याएर गत श्रावण २९ गते मन्थली बोलाएछन र उहाँ गए पछि तपाईको नाममा उजुरी छ भनेर मोबाइल लगाएत सबै खोसेर थुनामा राखेछन । यो केश एउटा बाटो बनाउदा उपभोतmा समितिीको अध्यक्ष पदम घिसिङले बन्दी बनाएर झण्डै चेक काटन लगायो भन्ने छ भन्ने सुन्नमा आएको छ । दोश्रो मुद्धा तेसको केही दिनमा शेर बहादुर खडकाले गतबर्ष अर्कौ ब्यातिm सग जिल्ला मालपोत मन्थलीमा पास भइ सकेको तर पालिका अध्यक्षले पालिकाको लागि भनेर किनेको जग्गा मलाई पैसा दिएन अर्कैलाई पास गराएछ भन्ने छ भनिन्छ र यो दुइ वटा मुद्धा फितलो खालको भएका कराण फेरी अर्को स्थानिय स्वास्थ्य चौकी बिजुली कोटमा कार्यरत एक जाना अबिवाहित महिला कार्मचारीले मलाई नौ महिना अगाडी बलत्कर गरेको थियो भनेर उजुरी परे पछी भने खड्कालाई झनै आपत पर्यो भनिन्छ । यि घटनाक्रमहरु हेर्दा योजना बद्ध तरिकाले पालिका अध्यक्षलाई सकाउने खेलमा बिभिन्न कोण बाट बिश्लेषण गर्न सबैले सहजै सक्ने कुरा हो । यस पछि आर्को एक आस्चर्य चकित पार्ने एउटा रिपोर्ट आयो खड्कालाई श्रावण २९ गते थुनामा राख्दा कोरोना नेगेटिभ थियो भनिन्छ तर ठिक तेसको २५ दिन पछी कोरोना पोजेटिभ भयो भनेर अदालतमा बहस हुने बेलाको केही घण्टा अघि कोरोना पोजेटिभ भयो भनेर बहस हुन दिएन । यो घटना पछि परिवारका सदस्यको होस हवर उडेर अहिले अतेन्तै चिन्तित छन । उनिहरुका अनुसार यो घटनामा राज्यको सबै अंग पहिला देखिनै फसाउन योजनाबद्ध तरिकाले लागेको रहेछ । यसमा नेकपाकै साम्सद, मन्त्री, नेता कार्यकर्ता मात्रै हैन सिङ्ग राज्यको संयन्त्र प्रयोग भएको रहेछ अव हाम्रो मान्छेलाई भित्रै बिभिन्न बहाना बनाएर मारेर कोरोनाले मर्यो भन्छन, राज्यलागे पछि के गर्ने मुन्टा बटारेर, सास थुनेर मारेर आत्महत्या गर्यौ भन्न सक्छ, देशमा न्याए मरेछ, भनेर यो देशै छोडन पाए हुन्थ्यो समेत भने। हाम्रो मान्छे राज्य लागेर मार्दै छन भनेर मानव अधिकार गुहार्न लागेका छन । परिवारका सदस्यहरु भन्छन प्रहरी, सिडियो, वकिल, न्याएधिस, गृहमन्त्रालयका माथि सम्म तिनै दिपखिा दाहाल, सुवास बोहोर र लिखु हाईड्रोका मानिसले सेटिङ्ग गरेर मिलाई सकेको छ हामीले यो देशमा अव न्याए पाउदैनौ भन्ने प्रतिकृया दिएका छन ।  
यो घटनाको बिश्लेषण के गर्न सकिन्छ भने लिखु हाइड्रो पावरको बिभिन्न चलखेलका बिस्तृत बिवरण बुझ्दा खेरी यो सारा घटना लिखु हाईड्रो पावरको चलखेलकै करण भएको देखन्छ भगवानले कार्वाही गर्ने हो भने लिखु हाईड्रो पावरलाई कार्वाही गथ्र्यो तर यो नेपालको राज्यहो यहाँ हरेक कुरा किन्न र पावर र पहुचका आधारमा सेटिङ्ग जति पनि मिलाउन सकिन्छ । अर्को स्थानिय स्तरका नेकपाका कार्यकर्ताले फाइदा लिन नसक्दा उहाँ माथि असहयोग मात्रै हैन सकाउन पाए आफुले फाइदा लिन सकिन्छ भनेर हात धोएर लागेको देखिन्छ । खडकालाई लिखु हाइड्रो पावरका मानिसले करोडौको अफर गरेको र उपाध्यक्ष दिपसिखा दाहाललाई नब्बेलाखको हालेक्स गाडी अफर पहिला नै गर्दा अध्यक्ष खडकाले त्यो अफर अस्वीकर गरे पछि यि तमाम तमासा र घटना भएको हो भन्ने त्यहाँका प्राय सबै जनतालो बताउने गरेका छन । 
स्थानिय जनता र युवाहरुका अनुसार लिखु हाइड्रो पावरले अबैधानिकरुपमा वालुवा, रोडा, ढुङ्गा निकाल्ने गरेको, जनताको जग्गा अतिक्रमाण गरेर बिभिन्न संरचना बनाउने प्रयास गरेको, वातावरण बिनास गर्ने काम गरेको, अति दुख गरेर बनाएको बाटो अत्याधिक भार भएको साधन धुवानी गर्दा बाटो पुरै बिग्रिएको, पालिकाले भनेको कुनै कुरा नगरेको, जिल्लाका प्रहरी प्रमुख, सि.डि.ओ. लगाएत सबैलाई पैसा खुवाएर सेटिङ्ग मिलाउने गरेको, वातावरण र बनका कर्मचारीहरुलाई समेत सेटिङ्ग मिलाई सकेका र यो कलहको सम्पुर्ण कारण लिखु जलबिद्युत परियोजना हो भनेका छन । यो भयो जनताका कुरा स्वयम पालिका अध्यक्षले म सग पनि यो लिखु हाइड्रोका कारण मलाइ यो पद नै निलु न वकालु भयो । उपाध्यक्ष सगको भगडा पनि यसैको कारण बाट उत्पती भएको छ । हाइड्रोकै कराण मैले डि.एस.पि.सि.डि.ओ. र धेरै सग भगडा गरे अव मलाई राम्रो हुदैन तर मैले गल्ती गरेको छुइन के नै गर्ला र भनेर म सग समेत कुरा गर्नु र्भएको खासै समय भएको छैन । उहाँले म सग अर्को के पनि भन्नु भएको थियो भने प्रदेश ३ का आर्थिक मामिला मन्त्री कैलास माननिय समेतलाई यो लिखु हाइड्रो कै करण मुख छोडे झगडा गरे उहाँले पनि मलाइ नराम्रो गर्लान भन्नु भएको थियो र संघिय साम्सद पुर्वे गृह राज्य मन्त्री स्याम कुमार श्रेष्ठ (कुसल) सग समेत मुखा मुख झगडा परेको कुरा उहाँले म सगको भेटमा कुरा गर्नु भएको थियो र मलाई पनि यो घटनाको सम्पुर्ण कारक तत्व भनेको लिखु हाइड्रो नै हो भन्ने लागेको छ । अख्तियार र वातावारणले यिन्को चर्तिकला गहिराइमा पुगेर अनुसन्धान गर्न जरुरी ठान्छु । यि जलमाफिया दलालहरुले जस्तोसुकै हर्कत गर्दछन भन्ने म खिम्तीमा सोह्र बर्ष काम गर्दाको राम्रो अनुभव छ । साथै हाइड्रो पावरको अत्याचारको नमुना हेर्ने हो भने उमाकुण्ड गाँउपालिकाका जनता र पालिका प्रतिनिधिहरु सग सोधे हुन्छ अझै चित्त नबुझे खिम्ती एक जलबिद्युत योजना हेरे हुन्छ । 
भmगडाले कसैलाई फाइदा गर्दैन । एउटा हाइड्रो पावरको स्वास्र्थका करण यतिका घटना घटनु, यतिका मानिसको समय र जिन्दगि बर्बाद हुनु, राज्यका यति ठुलो ब्यातिm र संयन्त्र संचालक, राजनितिज्ञ, समाजका मानिस सबैको बदनाम हुनु र तिनै हाइड्रो पावरका दलालहरु मज्जाले रमिता हेरेर बस्नु कतिको जायज हो ? न उसलाई मुद्धा न कुनै झन्झन बेहोर्नु । हाइड्रोकै कारण पालिकाको काम प्रभावित भएको छ, साथिसाथिमा दुस्मनि बढेको छ, दुनियाँ बदनाम गरेको छ, पैसाको चलखेलका कयौ हल्लाहरु चलाइएका छन । यि सबै घटनाका कारकहरु लिखु हाइड्रो एक नम्बर, पार्टीमा रुष्ट र फाइदा खाना खोज्ने तर नपाएका आफ्नै पार्टीका नेता कार्यकर्ता दोश्रो र बिकाउ अनलाइन खबरहरु मुख्य हुन । यति ठुलो गौरवशाली इतिहास र जनमत बोकेको पार्टीको समेत बदनाम हुनु खुखद कुरा हो सके सम्म यि र यस्ता मुद्धा राज्यले बुझेर सबैलाई मेलमिलाप र सहकार्य गरेर अघि बढाउने भुमिक निर्वाहा गरुन । एकले अर्कोलाई समाप्त पार्ने खेलमा नलागुन र देशमा न्याए कसैको लागि नमरोस भन्ने मेरा ब्यातिmगत चाहना छ । उनको छुचो बोल्ने र घमण्ड गर्ने बानी भने धेरैले टिप्पनी गरेको देखिन्छ जसका कारण आफन्त, साथिभाई र पार्टीका नेता कार्यकर्ता रुष्ट छन यो बानी नसुधारे भविस्यमा समेत उनि समस्या पर्ने देखिन्छ । यस्तै घटना बिकास गर्दै लैजाने हो भने र रिसइबी साचेर प्रतिसोध लिने हो भने भविस्यमा धेरैले नराम्रो दुख पाउने, धरैले बदनामी कमाउनुका साथै नेकपालाई ठुुलो घाटा लाग्ने पक्का छ । फाइदा भने लिखु हाइड्रो र कांग्रेसलाई मात्रै हुने पनि देखिन्छ ।  

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू