Previous Version
Tuesday, Mar 02, 2021  |  मंगलवार, १८ फागुन २०७७   |  नेपाली समय लोड हुदैछ...
प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल मङ्गलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने पेट्रोलियम पदार्थको मूल्य बढ्यो राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै सुल्झाइँदै दुई जिल्लाको सिमा विवाद आज मिति २०७७ साल फागुन १८ गते मंगलबार, मार्च २, तपाँईको आजको दिन कस्तो हुनेछ ? पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड ऋषि धमलासँग प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ÷संस्थाद्धारा क्लबमा पत्रकार सम्मेलनको आयोजना राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते प्रधानमन्त्री ओली पोखरामा उद्धार हुन सकेन घाइते पत्रकारको विसं २०७८ मा तीन दशैँ पहेँलो धातुको मूूल्यमा ४०० वृद्धि प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

धादिङमा अनुदानको मलमा कालोबजारी प्रकरण: साल्ट ट्रेडिङले चासो देखायो, सहकारी भन्छ “महंगोमा बेचेका छैनौं”

बुद्धबार, २४ भाद्र २०७७, सगरमाथा पोष्ट.
काठमाण्डौं । भाद्र २४ । साल्ट ट्रेडिङ कर्पोरेशन लि.काठमाण्डौबाट धादिङ जिल्लाको लागि उपलव्ध गराएको अनुदानको मलमा कालोबजारी भएको समाचार सार्वजनीक भएसंगै कर्पोरेसनले चासो देखाएको छ ।
धादिङका संसद भुमि प्रसाद त्रिपाठीको पहलमा जिल्लाको दुई सहकारीलाई अनुदानमा उपलब्ध गराएको ४ सय २० बोरा युरीया मलमध्ये बेनिघाट रोराङ गाँउपालिका वडा नं.२ स्थित ताल्तीमा रहेको दियालो सानाकिसान कृषी सहकारी संस्थाले प्राप्त गरेको २१० बोरा मध्य ७० बोरा मल भने सहकारी नपुग्दै बाटैमा बिक्री गरिएको थियो । उक्त समाचार सगरमाथा पोष्टले खुलासा गरेपछि हंगामा मच्चीएको थियो । 
कर्पोरेशनका एक अधिकारीले भने “हामीले पनि यो कुरा सुनेका छौं, यस बारेमा बुझदै छौं, महंगो मल बिक्री गरेको प्रमाण भेटीएमा कारबाही गछौं” 
मल अभावको कारण समस्यामा परीरहेका किसानहरुले अनुदानमा आएको मल सहकारीले आफनो कार्यक्षेत्र समेत नपर्ने गजुरीमा लगेर बिक्री गरेपछि स्थानीयहरु आक्रोसीत बनेका थिए । उनिहरुले सामाजीक सञ्जालमा समेत आफुहरुले मल महंगो मुल्यमा खरिद गर्नुपरेको भन्दै बिरोध गरेका थिए ।
हेर्नुहोस स्थानीयको प्रतिकृया  


 
सहकारीको दाबी 
 

समाचार सार्वजनीक भएपछि सहकारीले एक बिज्ञप्ती प्रकाशन गदै महंगोमा मल बिक्री नगरीएको दाबी गरेको छ । सहकारीले युरीया मल ८०५ रुपयाँ प्रतिबोरामा कर्पोरेशनबाट किनेको बताँउदै प्रतिबोरा एक हजार भन्दा बढीमा बिक्री नगरीएको दाबी गरिएको छ ।
सहकारीका कृषि तथा पशुपालन समितिका संयोजक तुलसी थापाले गजुरीमा साल्ट ट्रेडिङको डिलर नभएको र किसानलाई समस्या भएको भन्दै वडा सदस्य नन्दराज थपलियाले अनुरोध गरेपछि संसद त्रिपाठीकै सिफारीसमा मल उपलव्ध गराएको बताए । उनले भने गजुरीमा हामीले मल बिक्री गरेको सत्य हो तर समाचारमा आएको जस्तो महंगोमा हामीले मल बेचेका छैनौं । उनले सहकारी मार्फत युरीया मल ८०५ र डिएपी २५ सय भन्दा बढीमा बिक्री नगरीएको दाबी गरे ।
मलेखुबाट गजुरीमा पठाएको मलमा गाडी भाडा नेता थपलियाले नै बेहोर्ने सर्तमा ९ सयमा बिल काटेर बेच्ने सर्तमा पठाएको बताए ।
थापाले आफनो क्षेत्रमा मलको अभाब नभएको बताँउदै कोहि मल अभाव भएको भनेर आएमा सहकारीले जहाँसुकैबाट मल उपलव्ध गराउने दावी गरे । उनले भने अन्य क्षेत्रमा मलको अभाब रहेको भएपनि हाम्रो क्षेत्रमा मलको अभाब छैन यदि कोहि किसानलाई समस्या भएको छ भने हामीकहाँ आउनुहोस हामी जसरी पनि मल उपलव्ध गराउने छौं ।
साल्ट ट्रेडिङ मार्फत भोली पनि सहकारीमा मल जाँदै छ । थापाले सहकारीको सदस्य नरहेको व्यक्तिले पनि मलको अभाब रहेको गुनासो लिएर आएमा सहकारीले एक हजारमानै भोली मल उपलव्ध गराउने बताए । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू