Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्छ—मन्त्री पुन

बुद्धबार, २४ भाद्र २०७७, सगरमाथा पोष्ट.
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि क्षेत्रलाई विचौलियाबाट बचाउनुपर्ने बताउनुभएको छ । कृषि ज्ञान केन्द्र रोल्पाले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट सार्वजनिक कार्यक्रममा मन्त्री पुनले कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गरेर मात्रै आर्थिक समृद्धि हासिल हुने धारणा राख्नुभयो । 
अन्य क्षेत्र जस्तै कृषि क्षेत्रमा पनि विचौलियाको बिगबिगी भएको बताउँदै वास्तविक किसानसम्म स्रोत साधन पुग्ने वातावरण बनाउनुपर्ने मन्त्री पुनको भनाइ थियो । विचौलिया मोटाउने, किसान दुब्लाउँदै जाने अवस्था सिर्जना भए कृषिमार्फत आर्थिक समृद्धि हासिल गर्ने कुरा भाषणमा मात्रै सीमित हुने मन्त्री पुनले बताउनुभयो । 
यसैबीच रोल्पामा भएको अर्को एक कार्यक्रममा रोल्पाका दुई हजार २६ घरधुरीको फुसको छानो फेर्ने निर्णय गरिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत रु १० करोड १३ लाखको लागतमा फुसको छानो विस्थापन गरी जस्तापाता लगाउने निर्णय गरिएको मन्त्री पुनका सचिवालय सदस्य जीवन रोकाले जानकारी दिनुभयो ।  
मन्त्री पुनसहित जिल्ला समन्वय समिति रोल्पामा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, पूर्व सभामुख ओनसरी घर्ती, प्रदेशसभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा सहभागी बैठकले उक्त निर्णय गरेको हो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू