Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

ब्राउन सुगरसहित सीमा क्षेत्रबाट दुई पक्राउ

मंगलवार, २३ भाद्र २०७७, सगरमाथा पोष्ट.
कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो । 
 
दशगजा क्षेत्रमा भारतीयहरुले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए ।  उक्त स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको थियो ।  नियन्त्रणमा लिइएका दुवैलाई बिओपी भुडामा ल्याइएको छ । बरामद ब्राउन सुगर र नियन्त्रणमा लिइएका दुवैलाई नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ । 
 
महाकालीमा डुबेका युवकको शव पाँच दिनपछि फेला 
 
महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो ।
 
बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए । सशस्त्र प्रहरी र सनसेट युथ भोलियन्र्टसको टोलीले समेत तीन दिनसम्म सुनारको महाकाली नदीमा खोजी गरेको थियो । सुनारको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू